नेभिगेशन
समाज

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान गएिको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका १३२ वटा मतदान केन्द्रमध्ये ७९ मतदान केन्द्रमा सिसीटिभी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी यहाँका ६६ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । एक सय ३२ मतदानस्थलमध्ये ६६ वटा मतदानस्थललाई अतिसंवेदनशील, ४० वटा मतदानस्थल संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाइएको छ । 
    
कञ्चनपुर जिल्ला भारतसँग सीमा जोडिएका कारण पनि अतिसंवेदनशील मतदनास्थलको सङ्ख्या बढी छ । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ मा ३४ अतिसंवेदनशील मतदानस्थल छन् भने १४ संवेदनशील र चार मतदान केन्द्र सामान्य छन् । 

Ncell
Extreme Energy

त्यसैगरी क्षेत्र नम्बर २ मा १७ अतिसंवेदनशील मतदानस्थल छन् । तेह्र वटा संवेदनशील र १३ सामान्य मतदानस्थल छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा १५ अतिसंवेदनशील,१३ संवेदनशील र नौवटा सामान्य मतदानस्थल रहेका जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...