नेभिगेशन
समाज

सुदूरपश्चिममा ५१ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ५१।३७ प्रतिशत मतदान भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा ५५.३७ प्रतिशत र कञ्चनपुरमा ५८.९६ प्रतिशत मत खसेको छ ।

त्यसैगरी डोटीमा ४०.८७, अछाममा ३९.१८, बाजुरामा ५१.६१, डडेल्धुरामा ४९.१५, बझाङमा ४६.४४, बैतडीमा ४६.७७ र दार्चुलामा ५३.७५ प्रतिशत मतदान भएको छ । सुदूरपश्चिममा जम्मा १७ लाख १६ हजार ६६० मतदाता रहेकोमा ४ लाख ८३ हजार १८३ महिला र ३ लाख ९८ हजार ७६३ पुरुष र अन्य ७ जना गरी कुल ८ लाख ८१ हजार ९५३ मतदाताले मतदान गरेका छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैबीच मतपेटिका ढुवानी भइसकेपछि सर्वदलीय बैठक गरेर मतगणनाको काम सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदानको कार्य पूरा भएपछि मतपेटिका धमाधम मतगणनास्थलसम्म ढुवानी गर्ने काम सुरु भइसकेको छ । दार्चुला, बझाङ र बाजुराको हिमाली भेकका मतदान स्थलका मतपेटिकाहरु मतगणनास्थलमा पुर्‍याउने समय लाग्ने प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता पदमबहादुर बोगटीले हिमाली क्षेत्रका कम्तीमा पनि १० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकप्टरबाट ढुवानी गरेर मतगणनास्थलसम्म ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले भने, “आज शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ, दार्चुलाको अपिदुदिला आवासीय विद्यालय, मतदानस्थल र नौगाड गाउँपालिकाको गौरीशङ्कर माध्यमिक विद्यालय मतदानस्थलमा भने मतदाता अनुपस्थित रहे, खटिएका कर्मचारीले मात्र समानुपातिकमा मतदान गर्नुभएको छ ।” 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...