नेभिगेशन
समाज

जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्छुः नवनिर्वाचित सांसद महता

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको बताए ।

महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र भरोसालाई सधैँ सम्मान गर्दै जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। निर्वाचनमा विजयी भएपछि मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै महताले यो ऐतिहासिक सफलताका लागि साथ, समर्थन र विश्वास दिने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका कार्यकर्ता तथा सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले जनताको मतको कदर गर्दै आगामी दिनमा जनभावनाअनुसार अघि बढ्ने बताए । सांसद महताले निर्वाचनमा लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भई जनतासामु आफ्ना एजेन्डा प्रस्तुत गर्ने निकटतम प्रतिस्पर्धी उम्मेदवारलाई पनि धन्यवाद दिए ।

Ncell
Extreme Energy

लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाले नै विचार, नीति र नेतृत्वलाई परिपक्व बनाउने उल्लेख गर्दै उनले आगामी दिनमा देश र समाजको हितका लागि सबै पक्षसँग सहकार्य गर्ने अपेक्षा राखेका छन् । महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले नौ हजार ४४३ मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।