नेभिगेशन
समाज

जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्छुः नवनिर्वाचित सांसद महता

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको बताए ।

महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र भरोसालाई सधैँ सम्मान गर्दै जनहित, विकास र समृद्धिका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। निर्वाचनमा विजयी भएपछि मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै महताले यो ऐतिहासिक सफलताका लागि साथ, समर्थन र विश्वास दिने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका कार्यकर्ता तथा सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले जनताको मतको कदर गर्दै आगामी दिनमा जनभावनाअनुसार अघि बढ्ने बताए । सांसद महताले निर्वाचनमा लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भई जनतासामु आफ्ना एजेन्डा प्रस्तुत गर्ने निकटतम प्रतिस्पर्धी उम्मेदवारलाई पनि धन्यवाद दिए ।

Ncell
Extreme Energy

लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाले नै विचार, नीति र नेतृत्वलाई परिपक्व बनाउने उल्लेख गर्दै उनले आगामी दिनमा देश र समाजको हितका लागि सबै पक्षसँग सहकार्य गर्ने अपेक्षा राखेका छन् । महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले नौ हजार ४४३ मत प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...