नेभिगेशन
समाज

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप, चार जिल्लामा बाँकी

काठमाडौंँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियमित एचपिभी खोप लगाउने दुई लाख १५ हजार ३१४ जना र गत वर्षको खोप अभियानमा छुट भएका २२ हजार ६४८ जना किशोरी रहेका छन् ।  शाखा प्रमुख डा गौतमका अनुसार अभियानमा नियमिततर्फ खोप लगाउने कक्षा ६ मा पढ्ने दुई लाख एक हजार ८९ छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका १३ हजार ५८५ किशोरी रहेका छन् । यस्तै सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढिरहेका १४ हजार ५८६ छात्राले खोप लगाएका छन् ।

Ncell
Extreme Energy

यस्तै अभियानका क्रममा ११ वर्षदेखि १४ वर्षका विद्यालय नजाने आठ हजार ४९ किशोरी पनि खोप लगाएको छन् । छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइएको थियो । शाखा प्रमुख डा गौतमले धनुषा, महोत्तरी, अर्घाखाँची, गुल्मी, पाल्पा र रोल्पा जिल्लाबाट विवरण प्राप्त गर्न वाँकी रहेको बताए ।

चार जिल्लामा खोप लगाउन बाँकी 
हिमाली भेगका चार जिल्लामा खोप अभियान सञ्चालन हुन सकेको छैन । विद्यालय बिदा भएकाले डोल्पा, हुम्ला, जुम्ला र मनाङ जिल्लामा खोप अभियान सञ्चालन हुन सकेको शाखा प्रमुख डा गौतमले जानकारी दिए । उनका अनुसार ती जिल्लामा चैत महिनामा एचपिभी खोप अभियान सञ्चालन गरिने छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।