नेभिगेशन
सबै कुरा

कानुन परिमार्जन नभए २०८३ सम्ममा फास्ट ट्रयाक बन्ने संभावना छैन : प्रधान सेनापति

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणको कार्य सुस्त हुनुमा प्रचलित कानुन बाधक रहेको बतएका छन् ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले यही अवस्था रहे फास्ट ट्रयाक २०८३ सम्म नबन्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानुनी झनझटका कारण ४ ओटा रुख काट्न ९ महिना समय लागेको बताउँदै उनले फास्ट ट्रयाक निर्माणको लागि सोही अनुसारको कानुन आवश्यक रहेको बताएका हुन् । 

Ncell
Extreme Energy

प्रधानसेनापति शर्माले गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न नसकेको बताउँदै वन ऐनमा रहेको रुख काट्ने व्यवस्था र जग्गा प्राप्ति ऐन समेत संसोधन गर्नुपर्ने माग राखे । बैठकमा शर्माले भने, ‘जनताको जमिन लुटेर खान पाईँदैन, उनीहरुले मागेजति रकम दिएर मात्र लिन पाईन्छ । सरकारी भाउ एउटा छ, बजार भाउ अर्को छ । यस्ता समस्या समाधान नहुँदासम्म २०८३ सालमा काठमाडौंबाट निजगढसम्म गाडी चल्ने मात्र बनाउन सकेपनि उपलब्धी मान्नुपर्छ । ’ 

प्रधानसेनापति शर्माले पुराना नियमहरु परिमार्जन नगर्ने हो भने फस्ट ट्रयाक मात्र नभएर कुनै पनि परियोजना समयमा सकिन नसक्ने दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।