नेभिगेशन
सबै कुरा

कानुन परिमार्जन नभए २०८३ सम्ममा फास्ट ट्रयाक बन्ने संभावना छैन : प्रधान सेनापति

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणको कार्य सुस्त हुनुमा प्रचलित कानुन बाधक रहेको बतएका छन् ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले यही अवस्था रहे फास्ट ट्रयाक २०८३ सम्म नबन्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानुनी झनझटका कारण ४ ओटा रुख काट्न ९ महिना समय लागेको बताउँदै उनले फास्ट ट्रयाक निर्माणको लागि सोही अनुसारको कानुन आवश्यक रहेको बताएका हुन् । 

Ncell
Extreme Energy

प्रधानसेनापति शर्माले गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न नसकेको बताउँदै वन ऐनमा रहेको रुख काट्ने व्यवस्था र जग्गा प्राप्ति ऐन समेत संसोधन गर्नुपर्ने माग राखे । बैठकमा शर्माले भने, ‘जनताको जमिन लुटेर खान पाईँदैन, उनीहरुले मागेजति रकम दिएर मात्र लिन पाईन्छ । सरकारी भाउ एउटा छ, बजार भाउ अर्को छ । यस्ता समस्या समाधान नहुँदासम्म २०८३ सालमा काठमाडौंबाट निजगढसम्म गाडी चल्ने मात्र बनाउन सकेपनि उपलब्धी मान्नुपर्छ । ’ 

प्रधानसेनापति शर्माले पुराना नियमहरु परिमार्जन नगर्ने हो भने फस्ट ट्रयाक मात्र नभएर कुनै पनि परियोजना समयमा सकिन नसक्ने दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।