नेभिगेशन
समाज

काठमाडौँका यी स्थानमा शनिवार पोल मर्मत तथा नयाँ जडान गर्न बिजुली काटिदैछ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिवार काठमाडौँका विभिन्न स्थानमा शनिवार विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ ।

Marvel
Extreme Energy

यस्तै, मध्य बानेश्वर, पूरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बनेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य समय अगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने छ । बिजुली कटौती हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।
चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही भूभागमा आज आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।