नेभिगेशन
समाज

सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...