नेभिगेशन
समाज

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

काठमाडौँ । कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्ट विरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा पक्राउ गरिएको बताए ।

Ncell
Extreme Energy

उनका अनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

भट्टले केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग रु पाँच लाख मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न जलस्रोत विभागले बनायो विशेष संयन्त्र

राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न जलस्रोत विभागले बनायो विशेष संयन्त्र

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म अल्झिने र निर्धारित लक्ष्यअनुसार प्रगति नहुने समस्या समाधान गर्न जलस्रोत तथा सिँचाइ विभागले विशेष अनुगमन संयन्त्र बनाएको छ ।
बोलेरो जीप खस्यो भेरी नदीमा, दुई जना बेपत्ता

बोलेरो जीप खस्यो भेरी नदीमा, दुई जना बेपत्ता

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।  यतिमात्रै होइन, अब...