नेभिगेशन
समाज

क-कसले दिँदैछन् रास्वपाका नयाँ सांसदलाई प्रशिक्षण ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नयाँ सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार मङ्गलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा अभिमुखीकरण कार्यक्रम हुँदैछ।

रास्वपाकाअनुसार नवनिर्वाचित सांसदहरूलाई विषय विज्ञले अभिमुखीकरण गर्ने छन् । सभापति रवि लामिछानेले समारोहमा आफ्ना सांसदहरूलाई सम्बोधन गर्ने छन् । रास्वपाका उपसभापतिद्वय डा। स्वर्णीम वाग्ले र डीपी अर्यालले राजनीतिक प्रशिक्षण दिने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री कविन्द्र बुर्लाकोटी र सहमहामन्त्री विपिन कुमार आचार्यले पनि सांसदहरूलाई प्रशिक्षण दिनेछन् । यस्तै विषय विज्ञहरूमा भने नेपाल सरकारका पूर्व सचिवहरू सुरेश अधिकारी, प्रतापकुमार पाठक र तोयानाथ ज्ञवालीले सांसदको भूमिकाका विषयमा प्रशिक्षण गर्ने छन् । 

Marvel
Extreme Energy

सांसदहरूलाई राजनीतिक संस्कारका विषयमा रास्वपाका केन्द्रिय सदस्य आरके ढुङ्गानाले प्रशिक्षण दिनेछन् । यस्तै, सूचना प्रविधि र एआईका विषयमा दोबान राईले सांसदहरूलाई प्रशिक्षण दिने छन् । पार्टीका अन्य पदाधिकारीहरूले समेत राजनीतिक प्रशिक्षण दिने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या...
विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार गृह मन्त्रालयमा कानुन संशोधनका लागि पठाइएको प्रस्तावमा बाह्य (विदेशमा रहेका मतदाताको मतदान र अन्तरजिल्ला) मतदानको व्यवस्था गरिएको छ ।  बाह्य मतदानका...
भोटेकोशी बाढीपीडितलाई नगद राहत

भोटेकोशी बाढीपीडितलाई नगद राहत

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।