नेभिगेशन
समाज

कटारीमा हावाहुन्डरीका कारण २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ  आएको हावाहुन्डरीका कारण उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक रहेको खाजा घरमा  हावाहुन्डरीका कारण रुख ढलेर चौधरीको मृत्यु भएको हो । सोही घटनामा रुखले थिचेर ५ जना घाइते भएका थिए। 

Ncell
Extreme Energy

घटनामा घाइते भएकी ४ वर्षीया बालिका विनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

यस्तै कटारी ८ की मिनामाया तामाङ को कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।  घरमा खसिबाख्रा सार्ने क्रममा रुखका हाँगा भाँचिएर लाग्दा उनी घाइते भएकी थिइन् । अस्पतालमा उपचारकाे क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको कटारी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका कटारी ५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार लाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।