नेभिगेशन
सबै कुरा

नेपालको संविधान र मन्त्री सुदन किरातीको अभिव्यक्ति : जेल जाने मन्त्री कि जनता ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री  सुदन किरातीले क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो भने । उनले संविधान मान्दिन भन्नु देशद्रोह भएको भन्दै त्यस्तालाई हतकडी  लगाएर जेल हाल्ने पनि भने । काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवमा दिएको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भईहरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको संविधान २०७२ र यसको संसोधनको प्रस्तावनमै नेपाललाई बहुधार्मिक, बहुसांस्कृतिक भनिएको छ । प्रस्तावनामा बहुजातिय, बुहभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विषेशतालाई आत्मसाथ गरी विविधताबिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवंम प्रवर्धन गर्दै संविधान सभाबाट पारित गर्दै संविधान जारी गरिएको थियो । 

Ncell
Extreme Energy

यस्तै संविधानको भाग १ को धारा ३ मा बहुजातिय, बुहभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विषेशतायुक्त भौगोलिक विविधतामा रहेको समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनिएको छ ।  


यस्तै नेपालको संविधानको धारा ४ ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनेको छ । धारा ४ मा भनिएको छ नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । 

संविधानले धर्मनिरपेक्षलाई थप स्पष्ट पारेको छ । स्पष्टीकरणमा भनिएको छ, यस धारातको प्रयोजनका लागि धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ । 

संविधानको धारा ४ मा सनातन धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । यसको दायित्व सरकराको हो । हिन्दू, बौद्ध, ओमकार परिवारले मान्ने धर्म तथा किराँत र प्रकृतिलगायतका धर्म संस्कृतिहरु सनातन धर्म सं्रस्कृति हुन् । तर मन्त्री किराँतीले धारा ४ कै अपब्याख्या गर्दै उक्त धरालाई नमान्न उक्साएका छन् । उनले क्रिस्चियन धर्म नमान्नु भनेको संविधान नमान्नु हो भनेका छन । संविधान नमान्नेलाई जेल पठाउने समेत भनेका छन् । यदी यस्तै गर्ने हो भने सबैभन्दा पहिले मन्त्री किराँती आफैँ जेल जाने छन् । किनकी उनले जबरजस्ती धर्म परिवर्तन गर्न उक्साउने अभिव्यक्ति दिएका छन् । र जवरजस्ती धर्म परिवर्तन गराउनु संविधान अनुसार गैरकानुनी हो । 

मुलुकी अपराध संहिता २०७४ को दफा १५८ मा धर्म परिवर्तन गराउन नहुने उल्लेख छ । उपदफा (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन । भनिएको छ । उपदफा (२) मा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन भनिएको छ । उपदफा (३) मा उल्लेखित कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुने उल्लेख छ ।

अब संविधानको प्रस्तावना र धारामा कतै पनि क्रिश्चियन नमान्नेलाई देशद्रोही  करार गरिएको छैन, जेल हाल्ने भनिएको छै्रन  । क्रिश्चियन नमान्ने मात्रै होइन कुनै धर्म नमान्नेलाई पनि देशद्रोही करार गरिएको छैन, जेल हाल्ने भनिएको छैन । बरु सनातन देखि चलिआएको धर्म संस्कृतिको सरंक्षण  गर्ने भनिएको छ । साथै धार्मिक सांस्कृतिक स्वतन्त्रता भनिएको छ । अर्थात धार्मिक र सांस्कृतिकरुपमा नेपाल स्वतन्त्र छ । देशको कुनै धर्म छैन । 

यहि संविधानको व्यवस्था अनुसार सांस्कृतिमन्त्री बनेको सुदन किरातीले संविधानमा नै नभएको विषयलाई बढाइ चढाई गरे । 

नेपालको संविधान २०७२ को भाग ३ मा रहेको धारा १८ ले राज्यले नागरिकहरुका बीच उत्पती धर्म, वर्ण, जात, जाति लिंग आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन भनेको छ । संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको व्याख्यानै गरिएको छ । 

धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भनिएको छ । यस्तै उपधारा ३ मा धार्मीक स्वतन्त्रताको हक प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने भनिएको छ । 

संविधानले सबै धर्मको सम्मान गरेको छ । पर्यटनमन्त्री सुदन किरातीले आफूले पनि सबै धर्मको सम्मान गर्ने भनिरहेका छन् । तर क्रिश्चियन धर्म मान्नेहरुको सम्मान गर्दा,  अन्य धर्म मान्नेहरुको अपमान गरेका छन् । भेदभाव हुने अभिव्यक्ति दिएका छन् । बहुधार्मिक मुलुकमा क्रिश्चियन धर्म मान्नेहरुको पनि सम्मान हुनु पर्छ, क्रिश्चियन धर्मको पनि सम्मान हुनु पर्छ भन्नु पर्नेमा क्रिश्चियन नमान्नेहरुले संविधान नमानेको ठहर गर्दीन भ्याए । यसमा उनको जिब्रो चिप्लिएको हो कि उनको नियत हो मन्त्रि किराँती नै जानुन् । यदि उनले भने जस्तै क्रिश्चियन नमान्नेहरुलाई जेल हाल्ने हो भने नेपालको कुल जनसंख्याको ९८.३४ प्रतिशत जनता जेल जान्छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा क्रिश्चियन धर्म मान्नेहरुको  संख्या ५ लाख १२ हजार ३ सय १३ अर्थात कुल जनसंख्याको १.७६ प्रतिशत रहेको उल्लेख गरिएको छ । यस बाहेक हिन्दु धर्म मान्नेहरु ८१.१९ अर्थात २ करोड ३६ लाख ७७ हजार ७ सय ४४ जना छन् ।  बौद्ध मान्नेहरु ८.२१ प्रतिशत अर्थात २३ लाख ९३ हजार ५ सय ४९ जना रहेका छन् भने  स्लाम मान्नेहरु ५.०९ प्रतिशत अर्थात १४ लाख ८३ हजार ६६ जना रहेका छन भने किराँत मान्नेहरु ३.१७ प्रतिशत अर्थात ९ लाख २४ हजार २ सय ४ जना रहेका छन् ।  यस्तै प्रकृति धर्म मान्नेहरु १ लाख २ हजार ४८ जना, बोन मान्नेहरु ६७ हजार २ सय २३ जना रहेका छन भने जैन मान्नेहरु २ हजार ३ सय ९८ जना रहेका छन् । यस्तै  सिख धर्म मान्ने १४९६ जना र बहाई मान्ने ५३७ जना रहेका छन् । 

संवैधानिक अधिकार अनुसार यी धर्म मान्न सबै नेपाली स्वतन्त्र छन् र यी धर्म मान्दा कतै देशद्रोह हुँदैन र जेल जानु पनि पर्दैन । 

मन्त्री किराँतीले बुधबारको अभिव्यक्तलाई ढाकछोप गर्न बिहिबार फेसबुमा स्टाटस राखे । तर आफ्नो बोलीले ठेगान छाडेको स्विकार  गरेका छैनन् । । तर उक्त स्टाटसमा आफूले बोलेकै कुरालाई बचाउ गरेका छन् । उनले भनेका छन् 

बहशको लागि सबैलाई धन्यवाद !

संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं १ अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो, 

भन्‍नलाई त मलाईस 

पशुपतिनाथ सफा गर्दा हिन्दु भने,

बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने,

मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,

क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,

फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।

मन्त्री किरातीले सबैको अभिभावक हुँ भने पनि बुधबार अभिव्यक्ति  दिदा उनले यो बिर्सिएका थिए । उनले भने जस्तै पुशपतिनाथ सफा गर्दा हिन्दु भन्ने, बौद्ध दर्शनको वकालत गर्दा बुष्टि भन्ने, मुस्लिमको कार्यक्रममा  जाँदा मुश्लिम भने जस्तो क्रिश्चियनको कार्यक्रममा जाँदा उनलाई कसैले क्रिश्चियन भनेका होइनन् । कुन धर्म  मान्ने , के मा आस्था राख्ने भन्ने अधिकार मन्त्री किरातीको पनि हुन्छ । उनले अपनाउने धर्मको पनि सबैले सम्मान गर्नुपर्छ र जनताले मनाउने सबै धर्मको सम्मान पनि उनले गर्नुपर्छ । तर उनको मुखबाट फुत्किएको बोली, उनले बिहिबार लेखेको स्टाटस जति पाच्य थिएन । उनले क्रिश्चियनलाई सबैले सम्मान गर्नुपर्छ भनेका थिएनन्, क्रिश्चियन नमान्नेले संविधान नमान्नु हो भनेका थिए । 

उसो त मन्त्री किराती ११ महिने कार्यकालमा काम भन्दा बढी विवादले चर्चामा आएका मन्त्री हुन् । कार्यसम्पादनको रिपोर्ट कार्डमा उनी झिना मसिना स्टन्ट र चर्चामै सिमित भएको देखाउँछ । 

मन्त्री हुनु भन्दा अघि स्वच्छ छविका जोशिला मानिएका किराती मन्त्री भएपछिको एक वर्षमा आलोचित बढी भएका छन् । दिर्घकालिन प्रभाव छोड्ने काम भन्दा जनताको एटेन्सन्न खोज्न  पटक पटक विवादित गतिविधि गर्दै आएका किरातीलाई आफ्नै मातहतका महानिर्देशकसँग हारेका मन्त्रि समेत भनिन्छ  । 

उनले केही समयअघि स्वार्थ समूहले देश चलाइरहेको ठोकुवा गरेका थिए । तर ति स्वार्थ समूह को हुन् भन्न सकेनन् । मन्त्री भएर देश चलाइरहेको व्यक्तिले नै स्वार्थ समूहले देश चलाइरहेको छ भन्दा कि त स्वार्थ समुह सार्वजनिक गर्नु  पर्थ्यो कि त जनमत प्राप्त दलबाट सत्तामा पुगेर देश चलाइरहेका प्रधानमन्त्री, मन्त्री नै स्वार्थ समुह हुन भन्नुपर्थ्यो । 

उनले जिम्मेवारीमा बसेर दिएको अर्को अभिव्यक्ति पनि आलोचित भयो । उनले केही समयअघि वायु सेवा निगमको जीएम फेर्न आफूलाई सिधै घूस प्रस्ताव आएको दाबी गरे । उनले निगमको जिएम फेरे ३ किस्तामा १÷१ करोड गरेर ३ करोडको प्रस्ताव आएको बताए तर घुसको प्रस्ताव कसले गर्यो भन्ने खुलाउन सकेनन् । र घुस प्रस्ताव गर्नेलाई कतै कानुनी कारवाहीका लागि सिफारीस गरेको पनि खुलाएनन् । जसका कारण उनले एटेन्सन लिनकै लागि घुसको प्रस्ताव आएको अभिव्यक्ति दिएको बुझ्न कठिन छैन । 

पर्यटनमन्त्री किराती पशुपतिको अचल सम्पत्तिका रूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाका कारण पनि विवादमा तानिए । अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै कतिपयले उनको नियतमाथि प्रश्न उठाएका थिए ।

यति मात्रै होइन उनले विवादित ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाए । दोहोरो नागरिकतादेखि तिब्बतीलाई नेपाली बनाएको, बैंकको लकरमा गोली राखेकोदेखि सार्वजनिक जग्गा हडपेर घर बनाएको सम्मका विवादित ल्हारक्याललाई उनको व्यक्तित्वबाट प्रभावित भएको भन्दै लुम्बिनि विकास कोषमा नियुक्ती दिए । 

यति मात्रै होइन अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको विषयमा नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच विवाद चर्कीरहँदा उनि मौन छन् । 

अझ मन्त्री किराती आफ्नै मातहको नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँग पौँठेचोरी खेल्दा हारेका छन् । प्राकिरणका प्रमुखका विरुद्ध निरन्तर अभिव्यक्ती दिएका उनले पटक पटक स्पष्टीकरण नै सोधेर हटाउन  खोजेका थिए । तर सकेनन् । फलत यो कदमबाट उनि आफैँ पछि हटे । 

उनले नेपाल वायु सेवा निगमलाई राम्रो बनाउँदै लगेको दाबी गरेपनि निगमको ऋण ५० अर्ब बढी पुगेको छ । यही बिचमा उनले थप तीनवटा जहाज किन्ने निर्णय गराएर बोलपत्रको प्रक्रियामै गएको छ । 

मन्त्री किरातीलाई बुझ्नेहरुले किराती आर्थिकरुपमा पारदर्शी भएको बताउँदै आएका छन् । पुख्र्यौली सम्पत्ती भएका र आर्थिक लेनदेनमा चासो नराख्ने दाबी गरिएका मन्त्री किराती आफ्नै बोली बैरी हुँदा पटक पटक विवादित बन्दै आएका छन् ।  

खैर जहाँ पुग्यो त्यहीँ लोकप्रिय हुन अभिव्यक्ति दिने मन्त्री किरातीले भनेजस्तो यहाँ कुनै धर्म नमान्दा संविधान नमाने हुँदैन, देशद्रोह हुँदैन । हामी नेपालीलाई अरुको सम्मान गर्दै आँफुले रोजेको धर्म संस्कृति अपनाउन संविधानले अधिकार दिएको छ । त्यसैले सिजनेवल नेता र मन्त्रीहरुले तालीको लोभमा दिने भ्रमपुर्ण अभिव्यक्तीको पछि नलागौँ । सबै धर्मको सम्मान गरौँ, भाइचार कायम गरौँ । नबिर्सौँ श्रृष्टीको सबै भन्दा  ठुलो धर्म मानवता हो । मानवता बचाइराखौँ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...