नेभिगेशन
समाज

श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् ।

गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

Ncell
Extreme Energy

उनले भने, “गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन”, मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

टिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ ।
ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कमा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरोका कारण पाँच घरपरिवार उच्च जोखिममा परेका छन् ।
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।