नेभिगेशन
समाज

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पत्तिको मृत्यु

काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार ना.६ख७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा ती दम्पती गम्भीर घाइते भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको प्रनाउ तिमिल्सिनाले बताउनुभयो । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

टिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ ।
ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कमा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरोका कारण पाँच घरपरिवार उच्च जोखिममा परेका छन् ।
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।