नेभिगेशन
मुख्य समाचार

श्रम स्वीकृति लिएर मात्र विदेशी खेलाडीलाई सहभागी गराउन विभागको अनुरोध

काठमाडौँ । अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ ।

अध्यागमन विभागले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिलारपुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका फुट्बल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरुलाई मात्र समावेश गराउन आग्रह गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'एन्फाबाट सञ्चालन भएको राष्ट्रिय महिला र पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ । तसर्थ कुनै पनि खेलमा विदेशी खेलाडीहरुलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ' विज्ञप्तिमा उल्लेख गरेको छ ।

Ncell
Extreme Energy

विभागले यस विषयमा आजैदेखि अनुगमन प्रारम्भ गरेको समेत जनाएको छ । स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी भएको पाएमा तत्काल कारबाही अगाडि बढाइने विज्ञप्तिमा जनाएको छ ।

imigration-notice-1773916253.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन्।
जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका तीन सांसदहरूलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।
कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन विहीबारका लागि पेशी तोकिएको जानकारी दिए ।