नेभिगेशन
मुख्य समाचार

आयोगद्वारा निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा बिहीवार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरेका थिए ।

Ncell
Extreme Energy

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे । 

“फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,” राष्ट्रपति पौडेलले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन्।
जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका तीन सांसदहरूलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।
कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन विहीबारका लागि पेशी तोकिएको जानकारी दिए ।