नेभिगेशन
मुख्य समाचार

पर्सिको बैठकले गगनको राजीनामा अस्वीकृत गर्ने, अर्को बैठकले महाधिवेशन तोक्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा स्वीकृत वा अस्वीकृत गर्ने निर्णय आइतबार बस्ने केन्द्रीय समिति बैठकले गर्ने भएको छ । सभापति थापाले दिएको राजीनामा आज बसेको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेका थिए । उक्त राजीनामा सँगै उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव पनि पेश गरेका थिए । शर्माले थापाको राजीनामा अस्वीकृत गर्न ७ तर्क पनि राखेका छन् ।

आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पनि उपसभापति शर्माको तर्कप्रति सहमति जनाउँदै अहिले राजीनामा स्वीकृत नगर्ने बरु छिट्टै नियमित १५औं महाधिवेशनको मिति तोक्नुपर्ने धारणा राखेका थिए । प्रवक्ता देवराज चालिसे पनि केन्द्रीय सदस्यहरुले सभापतिको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ । आइतबार बस्ने बैठकमा पनि चुनावको समीक्षा र सभापतिको राजीनामा बारे छलफल हुने उनले जानकारी दिए ।

Ncell
Extreme Energy

यसैबीच, कांग्रेस महामन्त्री गुरुराज घिमिरेले केन्द्रीय समितिको अर्को बैठकले १५ औं महाधिवेशनको मिति तोक्ने जानकारी दिए । यो बैठकले चुनावको समीक्षा गर्ने र अर्को बैठकले महाधिवेशनको मिति तोक्ने उनको भनाइ छ । 
गएको मंसिरमै कार्यकाल सकिएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक पदावधि जेठसम्मका लागि लम्ब्याएको थियो ।

जेनजी आन्दोलनपछि कांग्रेसका करिव ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते केन्द्रीय समितिमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा तत्कालीन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस अन्तिम साता विशेष महाधिवेशन आह्वान गरेका थिए । सोही विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति चयन गरेको थियो ।

कांग्रेसमा आगामी जेठभित्रै नियमित महाधिवेशन गर्ने वा मंसिरमा भन्ने छलफल चलिरहेको छ । महामन्त्री घिमिरेले आगामी बैठकमा महाधिवेशनको कार्यतालिका पेश हुने जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । एक बालिका अझै बेपत्ता छन् ।
संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।