नेभिगेशन
सबै कुरा

पूर्व र वर्तमान प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : गगन थापा

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थाापाले २०४६ सालदेखि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व मन्त्री थापाले पूर्व तथा बर्तमान प्रहरीका हाकिम, सेना, उच्चपदस्थ कर्मचारी, अख्तियार प्रमुख, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गरी भष्ट्राचार गरेको घेटिएका जफत गरी कठोर सजाय दिनुपर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उदयपुरको कटारी बजारमा शुक्रबार आयोजित प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकको अवस्था प्रति जनतामा निराश पैदा हुनमा ब्याप्त भ्रष्टाचार नै प्रमुख कारण देखिएको थापाको भनाई छ । भ्रष्टाचार निर्मुल गर्नको लागि विगत ३४ वर्ष यता लाभको पदमा बसिसकेको र बसिरहेकाहरुको सम्पत्ति छानबिन हुनु पर्नेमा उनले जोड दिउ । ‘मैले यो विषयमा पार्टी सभापतिलाई भनि सकेको छु र संसदमा समेत संकल्प प्रस्ताब लाने तयारी गरेको छु ।’ थापाले  मुलुकको समृद्धिको लागि रोजगार सृजना गरेर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्नेमा पनि जोड दिउका छन् । 

अब हाम्रो प्रधानमन्त्री ,मुख्यमन्त्रीले भाषण कम गरी काम बढी गर्नु पर्ने बेला आएको उनले बताए । कांग्रेसले एउटा, दुईटा चुनाब हार्दैमा केही फरक नपर्ने भन्दै अर्को चुनावमा कांग्रेस कार्यकर्ताले  रुख चुनाव चिन्हमा बाहेक अन्त भोट हाल्नु नपर्ने उनले दावी गरे । त्यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कोईरालाले कोशी प्रदेशका १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचारको ब्याबस्था मिलाईएको बताए ।उनले अब प्रदेश सरकारले भौतिक विकास भन्दा मानविय विकासमा जोड दिने बताए । कटारीमा रहेको अस्पताललाई स्तर उन्नति गर्दै प्रदेश मातहत लगिने समेत कार्कीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।