नेभिगेशन
सबै कुरा

पूर्व र वर्तमान प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : गगन थापा

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थाापाले २०४६ सालदेखि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व मन्त्री थापाले पूर्व तथा बर्तमान प्रहरीका हाकिम, सेना, उच्चपदस्थ कर्मचारी, अख्तियार प्रमुख, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गरी भष्ट्राचार गरेको घेटिएका जफत गरी कठोर सजाय दिनुपर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

उदयपुरको कटारी बजारमा शुक्रबार आयोजित प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकको अवस्था प्रति जनतामा निराश पैदा हुनमा ब्याप्त भ्रष्टाचार नै प्रमुख कारण देखिएको थापाको भनाई छ । भ्रष्टाचार निर्मुल गर्नको लागि विगत ३४ वर्ष यता लाभको पदमा बसिसकेको र बसिरहेकाहरुको सम्पत्ति छानबिन हुनु पर्नेमा उनले जोड दिउ । ‘मैले यो विषयमा पार्टी सभापतिलाई भनि सकेको छु र संसदमा समेत संकल्प प्रस्ताब लाने तयारी गरेको छु ।’ थापाले  मुलुकको समृद्धिको लागि रोजगार सृजना गरेर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्नेमा पनि जोड दिउका छन् । 

अब हाम्रो प्रधानमन्त्री ,मुख्यमन्त्रीले भाषण कम गरी काम बढी गर्नु पर्ने बेला आएको उनले बताए । कांग्रेसले एउटा, दुईटा चुनाब हार्दैमा केही फरक नपर्ने भन्दै अर्को चुनावमा कांग्रेस कार्यकर्ताले  रुख चुनाव चिन्हमा बाहेक अन्त भोट हाल्नु नपर्ने उनले दावी गरे । त्यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कोईरालाले कोशी प्रदेशका १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचारको ब्याबस्था मिलाईएको बताए ।उनले अब प्रदेश सरकारले भौतिक विकास भन्दा मानविय विकासमा जोड दिने बताए । कटारीमा रहेको अस्पताललाई स्तर उन्नति गर्दै प्रदेश मातहत लगिने समेत कार्कीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...