नेभिगेशन
सबै कुरा

कान्तिपुरलाई निष्पक्ष पत्रकारिता गर्न रास्वपा सभापति लामिछानेको सुझाव

काठमाडाैँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर राष्ट्रिय दैनिकलाई निष्पक्ष पत्रकारिता गर्न आग्रह गरेका छन् । शनिबार पोखरामा आयोजित खुल्ला सभामा आफूमा खोया प्रहार भएको विषयमा प्रकाशित समाचार भ्रामक भएको लामिछानेले बताएका छन् । शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै लामिछानेले घटना बारे प्रष्ट्याएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार कार्यक्रममा सहकारीका बारेमा बोल्नु अगावै उनी माथि एक युवकले खोया प्रहार गरेका थिए । कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार खोया प्रहार गर्ने व्यक्ति बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । र उनको पृष्ठभूमि खुलाएको छैन । तर कान्तिपुर दैनिकको अनलाई संस्करण ईकान्तिपुरमा भने सहकारीका विषयमा आफू बोलेपछि खोया प्रहार भएको दाबी गरिएको लामिछानेले फेसबुकमा लेखेका छन् ।

Ncell
Extreme Energy


आफू विरुद्ध नियोजितरूपमा कान्तिपुरले समाचार प्रकाशन गरेको भन्दै पार्टी सभापति लामिछानेले प्रहरीसँग सत्यतथ्य बुझ्न कान्तिपुरलाई आग्रह गरेका छन् । लामिछानेले लेखेका छन् "वाह कान्तिपुर दामी खेल , गज्जब याेजना !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। दामी खेल कान्तिपुर।"


यस्तो छ लामिछानेले फेसबुकमा राखेको स्टाटसः


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।