नेभिगेशन
मुख्य समाचार

नेपाल पत्रकार महासङ्घले ७१औँ स्थापना दिवस मनायो

काठमाडौँ । नेपाल पत्रकार महासंघले ७१ औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

स्थापना दिवसका अवसरमा महासंघले काठमाडौंको सिनामंगल पिपलबोटदेखि सञ्चारग्रामसम्म प्रभातफेरीको आयोजना गरेको थियो । प्रभातफेरीपछि सञ्चारग्राममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघलाई प्रभावकारी रुपमा अघि बढाउने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम भएमा महासंघ सशक्त रूपमा उभिने धारणा राखेकी थिइन् । अहिले करिव दुई तिहाई नजिकको सरकार बनेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न उनले आग्रह समेत गरिन ।

Ncell
Extreme Energy

उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम भए कुनै हालतमा चूप लागेर नबस्ने स्पष्ट पारेकी थिइन्। वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो ।

वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मधेश प्रदेशको यात्रामा निस्किने तयारीमा जुटेका छन् ।
पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सभापति लामिछानेले भनेका सात कुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार केन्द्रीय सदस्यहरुका लागि आयोजित प्रशिक्षणलाई सम्बोधन गरे ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।