नेभिगेशन
नेताका कुरा

मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मधेश प्रदेशको यात्रामा निस्किने तयारीमा जुटेका छन् । 

अबको हप्ता दश दिनभित्र मधेश जाने तयारी भइरहेको सभापति लामिछानेले आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा जानकारी गराएका छन् । 'म मधेश यात्रामा निस्किन्छु । त्यहाँ अधिवेशनहरु गर्नुपर्नेछ,' उनले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेशमा प्रतिनिधि विवादले राष्ट्रिय महाधिवेशनअगाडि रास्वपाको जिल्ला र प्रदेश अधिवेशन हुन सकेको छैन । सभापति लामिछाने भदौ तेस्रो साता मधेश झर्दैछन् ।  

Ncell
Extreme Energy

सभापतिका साथै रास्वपाले अन्य नेताहरुलाई पनि देशव्यापीरुपमा खटाउँदैछ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि रास्वपाले केन्द्रीय सदस्यहरुलाई परिचालन गर्न लागेको हो । 

'अन्य साथीहरु गाउँ गाउँ जानुहुनेछ । केन्द्रीय सदस्यहरुलाई विभिन्न ठाउँको जिम्मेवारी दिएर पठाइन्छ । उहाँहरु त्यही बसेर आम नागरिकको कुरा सुनेर, दुख सुख, गुनासाहरु सुनेर तिनलाई समाधान गर्ने बाटोमा जानुहुनेछ । हामी देशैभरी जानेछौं । पार्टी पूर्णरुपमा चलायमान हुन्छ,' सभापति लामिछानेले भने, 'यसबीचमा सरकारका कामकारवाहीमा नागरिकले सोधेका हरेक प्रश्नको जवाफ र समाधान हामीसँग हुनुपर्छ । त्यसका लागि साथीहरु तयार रहनुहोला ।'

सरकारले गरेका काम छायामा पार्नेगरी राजनीति भइरहेको भन्दै सभापति लामिछानेले नागरिकले जे भनेर भोट दिएको त्यो पूरा गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए । सरकार र पार्टीलाई जिम्मेवार बनाउन केन्द्रीय सदस्य, सांसद र मन्त्रीलाई पार्टी कार्यालयमा बोलाएर नागरिकसँग संवाद गरिरहेको उनले जानकारी गराए । पहिलो वर्षमा गर्दैछन् भनेर आम नागरिकबाट धेरै गुनासो नआएको उनले दाबी गरे । ‘ती नागरिक जसले घरमा परिवारसँग झगडा गरेर घण्टीमा भोट हालेका छन्, उनीहरु अहिले बोलेका छैनन् । उनीहरुले भनेका छन्, यो सरकारले भ्रष्टाचार गरेको छैन, नबोल भनिरहेका छन् । उनीहरु बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ । उनीहरुलाई बोल्न दिन आउन नदिने जिम्मा तपाईहरुको । त्यसका लागि पार्टी निरन्तर काम गरिरहेको छ,’ उनले भने । 

नेताको निगाहबाट होइन विधिबाट उम्मेदवार छनोट 

सभापति लामिछानेले स्थानीय तह निर्वाचनमा क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी अक्षरश पालना गरेर उम्मेदवार छनोट गरिने पनि स्पष्ट पारे । ‘पार्टीले अनुमोदन गरेका दस्तावेजहरुको अक्षरश पालना हुन्छ । पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरश पालना हुन्छ । हामी विधिभन्दा बाहिर जान सक्दैनौं,’ उनले भने । सभापति लामिछानेले समायोजन महाधिवेशनमा टुंग्याइसकेको भन्दै अब कुनै प्रिभिलेज नहुने बताए । हल्ला र गसिपको पछाडितर्फ नलागीकन पार्टीलाई बलियो बनाउनेगरी अगाडि बढ्न निर्देशन दिए । 

उनले आउने चुनावमा कसैको निगाहमा कोही उम्मेदवार नबन्ने स्पष्ट पारे । ‘आउने चुनावमा तपाई उम्मेदवार हो भनेर कसैले तपाईलाई भनेको छ भने तपाईलाई त्यसले नराम्रोसँग ठग्दैछ । असाध्यै नराम्रोसँग । अझ त्यसको लागि कसैले झुक्याएर तपाईसँग यसो केही लेनदेन गरेको छ भने तपाईको लगानी नराम्रोसँग डुब्छ । त्यो हुनेवाला छैन । क्यान्डिडेट क्लबबाटमात्रै उम्मेदवार छान्छौं,’ उनले सचेत गराए, ‘जसले तपाईलाई झुक्याएछ, त्यसको प्रमाण ल्याउनुभएछ भने, त्यो झुक्याउने मान्छेले कुनै अनुचित लेनदेन समेत गरेको रहेछ भने तपाईमात्र होइन, हम तो डुबे सनम, तुमको भी लेके डुबेंगे, एक्लै त डुब्नेवाला छैन, दुबै डुब्नुहुन्छ । त्यसको जानकारी दिएर पार्टीलाई गुन लगाइदिनुहोला ।’  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।