नेभिगेशन
विदेशका कुरा

चीनमा स्वेच्छिक अङ्गदाता सङ्ख्या ७३ लाख बढी

चीनमा स्वेच्छिक रूपमा अङ्गदान गर्ने व्यक्तिको सङ्ख्या ७३ लाखभन्दा बढी पुगेको चीनको अङ्गदान प्रशासन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार हालसम्म करिब ६५ हजारभन्दा बढी व्यक्तिहरूबाट मृत्यु पश्चात् अंगदान भएको छ । यसबाट दुई लाखभन्दा बढी बिरामीहरूको जीवन बचाइएको छ भने एक लाखभन्दा बढी मानिसको दृष्टि पुनःस्थापित गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी, चीनमा ६९ हजारभन्दा बढी पूर्ण शरीर दानसमेत सम्पन्न भइसकेको जनाइएको छ । अङ्गदाताहरूको सम्मानमा चीनभर ३८० भन्दा बढी स्मारक स्थलहरू स्थापना गरिएका छन् ।

Ncell
Extreme Energy

हरेक वर्ष चिङमिङ पर्वको अवसरमा ती स्थानहरूमा अङ्गदाताहरूको सम्झनामा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ । चीनले सन् २०१० मा मृत्यु पश्चात् अङ्गदानसम्बन्धी परीक्षण कार्यक्रम सुरु गरेको थियो भने सन् २०१३ देखि यसलाई देशव्यापी रूपमा विस्तार गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।