नेभिगेशन
मुख्य समाचार

मालपोत र यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ

काठमाडौँ । प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा माग्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीवार सुर्खेत वीरेन्द्रनगरपालिका–७ ईत्रामस्थित यातायात व्यवस्था कार्यालय सुर्खेतबाट १० महिला र मालपोत कार्यालय सुर्खेतबाट छ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ बस्ने २५ वर्षीय लक्ष्मी शाही, ३४ वर्षीय पार्वती योगी, वडा नं ५ बस्ने ३५ वर्षीय पवित्रा न्यापाने, वडा नं ६ बस्ने २३ वर्षीय सम्झना योगी, ३८ वर्षीय निर्मला योगी, वडा नं ११ बस्ने १८ वर्षीय रोशनी शाही, २० वर्षीय गीता सुनार, ३१ वर्षीय दुर्गा शाही र ३२ वर्षीय रोशमी तिवारी र वडा नं १२ बस्ने २५ वर्षीय कुसुम बुढाक्षेत्री रहेका छन् ।

Ncell
Extreme Energy

मालपोत कार्यालयबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ प्रगतिशील टोलका ३६ वर्षीय दीपकबहादुर विक, वडा नं ३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, ३३ वर्षीय प्रदीप खड्का, वडा नं ५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वडा नं १० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र सुर्खेत लेकवेशी नगरपालिका–३ का ३७ रमेश दमाई रहेका छन् ।

उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण र जग्गा नामसारी तथा भू–सेवाका कार्य गरिदिन्छु भनि रकम लिइ बिचौलियाको काम गरिरहेको सूचनाका आधारमा  जिप्रका सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...