नेभिगेशन
समाज

सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिनेः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताएकी छन् ।

विश्व स्वास्थ्य दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा उनले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री मेहताले मानव, पशुपन्छी र वातावरण एकअर्काबीच घनिष्ठ सम्बन्ध रहेकाले प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नहुँदासम्म मावन जाति पूर्णरुपमा स्वस्थ रहन नसक्ने बताइन्। जनावर तथा पशुपन्छीबाट मानवमा सर्ने रोगको जोखिम बढिरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका कारण कीटजन्य रोग वृद्धि भइरहेको बताइन्।

Ncell
Extreme Energy

“वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु, मस्तिष्काघातजस्ता नसर्ने रोग बढिरहेका छन्”, उनले भनिन्, “मानव र पशुन्छीमा ‘एन्टीमाइक्रोवियल’ औषधिको अत्यधिक र जथाभावी प्रयोगले ‘प्रतिजैविक प्रतिरोध’ले ठूलो समस्या निम्त्याएको छ, यसतर्फ अब सजग हुनुपर्छ ।”

मन्त्री मेहताले रोगको सम्भावित जोखिम कम गर्न व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई खोप लगाउन, स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै एन्टीबायोटिक औषधि प्रयोग गर्न र वातावरण स्वच्छ राख्नेतर्फ आमजनतालाई आह्वान गरिन । ‘मानव, पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ नाराका साथ नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।

भर्खरै