नेभिगेशन
सबै कुरा

आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय हेरफेरको तयारी गरेका छन् । सचिवालयको भूमिकामा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवालय र निजी सचिवालय हेरफेरको तयारी गरेको बालुवाटार स्रोतको  दाबी छ तर सबैभन्दा धेरै प्रश्न उठेको आफ्नै छोरी गंगा भने हट्ने छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार विहिबार बस्ने मन्त्रिपरिषदको बैठकले सचिवालय हेरफेरको निर्णय गर्ने छ । माओवादी नेता वर्षमान पुनको दबाबमा सचिवालय हेरफेर हुन लागेको स्रोतले बतायो । अहिले प्रधानमन्त्री कार्यालयमा सल्लाहकार सचिवालयमा ४ जना स्वकीय सचिवालयमा ३१ जना र निजी सचिवालमा ४ जना गरी ३९ जना छन् । 

Ncell
Extreme Energy

हाल प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा गोविन्द आचार्य प्रेस सल्लाहकार, देवेन्द्र पराजुली जनसम्पर्क सल्लाहकार, रामदीप आचार्र्य प्रशासन सल्लाहकार र रूपक सापकोटा परराष्ट्र सल्लाहकारकारुपमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले राजिनामा दिइसकेका छन् । 

यस्तै प्रमुख स्वकीय सचिवमा माओवादी केन्द्रीय सदस्य सन्तकुमार दरै, स्वकीय सचिवमा गंगा दाहाल र रमेश मल्ल रहेका छन् । यस्तै स्वकीय सहचिवमा गोकर्णप्रसाद भट्ट, नारायणप्रसाद ढुंगाना, शिवबावु खकुराल, मनहरि शर्मा र बुद्धिबहादुर घर्ती रहेका छन् । 

यस्तै स्वकीय उपसचिवमा रमेशप्रसाद गुरागाईं, प्रकाश राय, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ रहेका छन् । यस्तै स्वकीय शाखा अधिकृतमा ५ जना रहेका छन् भने थप ८ जना समेत सचिवालयमा नियुक्त छन् । 

 विकास व्यवस्थापन विज्ञकारुपमा  पपुलर जेन्टल छन् भने दीपेन्द्र खड्का जनस्वास्थ्य विज्ञकारुपमा रहेका छन् । 

गंगा दाहाल बाहेक सबै फेरिदै

स्रोतका अनुसार यो हेरफेरमा प्रधानमन्त्री प्रचण्ड पुत्रि गंगा दाहाल भने पर्ने छैनन् । स्वकीय सचिवकारुपमा रहेकी गंगा दाहालको भूमिका बारम्बार प्रश्न उठेपनि उनको जिम्मेवारी भने फेरबदल नहुने स्रोतले बताएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।