नेभिगेशन
सबै कुरा

आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय हेरफेरको तयारी गरेका छन् । सचिवालयको भूमिकामा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवालय र निजी सचिवालय हेरफेरको तयारी गरेको बालुवाटार स्रोतको  दाबी छ तर सबैभन्दा धेरै प्रश्न उठेको आफ्नै छोरी गंगा भने हट्ने छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार विहिबार बस्ने मन्त्रिपरिषदको बैठकले सचिवालय हेरफेरको निर्णय गर्ने छ । माओवादी नेता वर्षमान पुनको दबाबमा सचिवालय हेरफेर हुन लागेको स्रोतले बतायो । अहिले प्रधानमन्त्री कार्यालयमा सल्लाहकार सचिवालयमा ४ जना स्वकीय सचिवालयमा ३१ जना र निजी सचिवालमा ४ जना गरी ३९ जना छन् । 

Ncell
Extreme Energy

हाल प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा गोविन्द आचार्य प्रेस सल्लाहकार, देवेन्द्र पराजुली जनसम्पर्क सल्लाहकार, रामदीप आचार्र्य प्रशासन सल्लाहकार र रूपक सापकोटा परराष्ट्र सल्लाहकारकारुपमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले राजिनामा दिइसकेका छन् । 

यस्तै प्रमुख स्वकीय सचिवमा माओवादी केन्द्रीय सदस्य सन्तकुमार दरै, स्वकीय सचिवमा गंगा दाहाल र रमेश मल्ल रहेका छन् । यस्तै स्वकीय सहचिवमा गोकर्णप्रसाद भट्ट, नारायणप्रसाद ढुंगाना, शिवबावु खकुराल, मनहरि शर्मा र बुद्धिबहादुर घर्ती रहेका छन् । 

यस्तै स्वकीय उपसचिवमा रमेशप्रसाद गुरागाईं, प्रकाश राय, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ रहेका छन् । यस्तै स्वकीय शाखा अधिकृतमा ५ जना रहेका छन् भने थप ८ जना समेत सचिवालयमा नियुक्त छन् । 

 विकास व्यवस्थापन विज्ञकारुपमा  पपुलर जेन्टल छन् भने दीपेन्द्र खड्का जनस्वास्थ्य विज्ञकारुपमा रहेका छन् । 

गंगा दाहाल बाहेक सबै फेरिदै

स्रोतका अनुसार यो हेरफेरमा प्रधानमन्त्री प्रचण्ड पुत्रि गंगा दाहाल भने पर्ने छैनन् । स्वकीय सचिवकारुपमा रहेकी गंगा दाहालको भूमिका बारम्बार प्रश्न उठेपनि उनको जिम्मेवारी भने फेरबदल नहुने स्रोतले बताएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...