नेभिगेशन
सबै कुरा

कान्तिपुरको समाचारबारे रवि लामिछानेको पुनः खण्डन : 'कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर आफूले जवाफ दिइरहनुपर्ने हैसियतमा नरहेको बताएका छन् । कान्तिपुर दैनिकले बिहिबारको पहिलो पृष्ठमा लेखेको समाचारको खण्डन गर्दै उनले कान्तिपुरले दावी गरेजस्तो सुप्रिम सहकारीमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै खण्डन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्, ‘सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ। मेरो प्रत्यक्ष संलग्नता हुन सुप्रिम सहकारीमा मेरो खाता हुनुपर्‍यो, अनि मैले त्यसका बचतकर्ताको रकम त्यसमा सारेको हुनुपर्‍यो, त्यसपछि त्यो सहकारीको खातामा रहेको रकम मैले गोरखा मिडिया नेटवर्कको बैँक खातामा सारेको हुनुपर्‍यो।’

Ncell
Extreme Energy


लामिछानेले बैंकको स्लिपमा कसैको नाम लेखिएकै भरमा प्रत्यक्ष संलग्नता भन्न नमिल्ने उल्लेख गरेका छन् । ‘खाता नै नभइकन कुनै सहकारीको रकम कसैले कुनै कम्पनीको बैँक खातामा ट्रान्सफर गर्न मिल्छ कि मिल्दैन भन्ने अति सामान्य कुरा देशको यति ठूलो मिडियाका पत्रकारहरुले नबुझेको कसरी मानौँ ?’ लामिछाने प्रश्न गरेका छन् । 

साथै समाचारमै रकम ट्रान्सफर गर्न सहकारीका कर्मचारीलाई लगाइएको लेखिएकोले त्यसबाटै आफ्नो प्रत्यक्ष्य संलग्नता नरेहको पुष्टि भएको बताएका छन् । उनले लेखेका छन्, ‘न म सहकारीको बचतकर्ता वा खातावाला हुँ, न सहकारीको पदाधिकारी। अनि मैले मसँग सम्बन्ध नै नरहेको सहकारीको रकम कसरी अर्को खातामा ट्रान्सफर गर्न लगाउने हैसियत राख्छु ? यति धेरै खोज पत्रकारिता गर्नेले रकम जम्मा गर्न लगाइएको व्यक्तिलाई कसले त्यसो गर्न लगाएको हो भनेर सोध्न पनि सकेन। जनविश्वास गुमाउँदै गएको आरोप लागिरहेको पत्रकारिताको केही त मान राख्दिनुस्।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।