नेभिगेशन
पूर्वाधार

निमार्णाधीन पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

काठमाडौँ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण सम्पन्न भएको छ । पोखराको सेती पुल भने निर्माणाधीन छ ।

उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माण पूरा भइसकेको प्रमुख कुँवरले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला, कास्कीको कोत्रेखोला र विजयपुर खोलामा पुल निर्माण सकिएको हो ।

Ncell
Extreme Energy

पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम सकिएको छ । कास्कीको सेती पुलदेखि तनहुँको जामुने जोड्ने पश्चिम खण्डमा पनि सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

पश्चिम खण्डका प्रमुख कुँवरका अनुसार सडकतर्फको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तिय प्रगति ६२.२० प्रतिशत पुगेको छ । कुल ३८.७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६.३२ किमिको सर्भिस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
मधेशमा ३३ केभीको नयाँ सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभाम्वित हुने

मधेशमा ३३ केभीको नयाँ सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभाम्वित हुने

नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
विद्युत् महसुल पुनरावलोकन गर्न अंशुकिरण शाहीको संयोजकत्वमा समिति गठन

विद्युत् महसुल पुनरावलोकन गर्न अंशुकिरण शाहीको संयोजकत्वमा समिति गठन

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ ।