नेभिगेशन
मुख्य समाचार

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरिएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । मन्त्री सार्कीले पेस गरेको उक्त प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

Ncell
Extreme Energy

यस्तै, प्रदेशसभाअन्तर्गतका दुई विषयगत समितिमा रहेका सदस्यहरू हेरफेर गरिएको नामावलीसम्बन्धी प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ । सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको हो ।

त्यसअनुसार प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सार्वजनिक लेखा समितिबाट सामाजिक विकास समिति र खुशीराम डगौरालाई सामाजिक विकास समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सानीभेरी नदीमा माछा मार्ने क्रममा बगेका युवक मृत फेला

सानीभेरी नदीमा माछा मार्ने क्रममा बगेका युवक मृत फेला

सानीभेरी नदीमा माछा मार्ने क्रममा बगेका एक युवक चार दिनपछि मृत फेला परेका छन्।
प्रदेश सरकार बाँडफाँटमा ओली–प्रचण्डको फेरि पाँच बुँदेमा हस्ताक्षर

प्रदेश सरकार बाँडफाँटमा ओली–प्रचण्डको फेरि पाँच बुँदेमा हस्ताक्षर

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ । दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार प्रदेश सरकार गठनदेखि मन्त्रालय बाँडफाँट र सत्ता सञ्चालनसम्मका...
सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अन्सर्टको शिष्टाचार भेट

सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अन्सर्टको शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्सर्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।
विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन गर्न बन्यो कार्यदल

विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन गर्न बन्यो कार्यदल

लामो समयदेखि सञ्चालनमा आउन नसकेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारले अध्ययन प्रक्रिया अघि बढाएको छ। मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका...

भर्खरै