नेभिगेशन
समाज

म्याग्दीको मङ्गलाघाटमा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्रलाई भाडा तिर्नै समस्या

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो ।

उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन् । पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“सदरमुकाममै भए पनि निजी क्लिनिक नभएको मङ्गलाघाटका बासिन्दालाई समान्य बिरामी पर्दा स्वास्थ्य परीक्षण, औषधि लिन, रक्तचाप, चिनी रोग परीक्षण गराउन असहज भएको पछि पाँच वर्षअघि स्वास्थ्य केन्द्र सञ्चालनको माग गरेका थियौँ,” उनले भने, “टोलमै स्वास्थ्य केन्द्र भएपछि प्राथमिक उपचारका लागि वडा नं ८ मा पर्ने कालीपुलस्थित प्रदेश अस्पतालमा पुगेर घण्टौँ लाइन बस्नुपर्ने अथवा निजी क्लिनिकमा धाउनुपर्ने समस्या हटेको छ ।” बेनी–७ मा यसअघि स्वास्थ्य संस्था थिएन ।

Ncell
Extreme Energy

केन्द्रमा नगरपालिकाले एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ । स्वास्थ्य परीक्षण, खोप, निःशुल्क औषधि वितरण, परामर्श, गर्भपरीक्षण, सुत्केरी घरभेटलगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत तहको सेवा उपलब्ध रहेको छ । सेवा लिनेको सङ्ख्या मासिक २०० जनाको हाराहारीमा रहेको केन्द्रका सिनियर अहेव सीमा भण्डारी घिमिरेले बताए ।

भाडाको घरमा केन्द्र सञ्चालन भएको छ । बेनी नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापनाका लागि विनियोजन गरेको रु एक लाख ५० हजार बजेटले फर्निचर र स्वास्थ्य सामग्री खरिदमा अपुग भएपछि स्थानीयवासीले रु एक लाख १३ हजार सङ्कलन गरेर भुक्तानी गरेका सञ्चालक समितिका सदस्य पौडेलले बताए। 

वार्षिक रु ६० हजार घरभाडा तिर्न बजेट अभाव हुँदा समस्या भएको उनले बताए । केन्द्रको भवन निर्माण र नियमित सञ्चालन गर्न मङ्गलाघाटवासीले माग गरेका छन् । नगरपालिकाले वडास्तरीय स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गरेर यसअघि सिङ्गा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।