नेभिगेशन
समाज

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले २ सय ८७ जनाको बचत फिर्ता गर्दै

काठमाडौँ । कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका २० हजार रुपैया सम्म बचत गर्ने बचतकर्ताहरुको रकम फिर्ता गरिने भएको छ ।

कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिब १५ महिना गरेको छानबिन पछि २० हजार रुपैया सम्म रकम बचत गरेका २ सय ८७ जना बचतकर्ताहरुलाई करिब २८ लाख ५७ हजार रुपैया फिर्ता दिन लागिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशका सदस्य सचिव पदम बहादुर ठकुराठीले अम्बे कोशी बचत तथा सहकारी संस्थाले करिब २४ करोड ८८ लाख रुपैया बचत फिर्ता गर्नुपर्ने देखिएको जानकारी दिए।

Marvel
Extreme Energy

संस्थाको खातामा १ करोड ३८ लाख ४४ हजार रुपैया बैंकमा रहेको पाइएको र सोही रकमबाट बचत फिर्ता गर्न लागिएको उनले बताए। पत्रकार सम्मेलनमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरीले सहकारीका संचालकहरुको जग्गा र सम्पत्ति रोक्का गरिएको र चाडै नै एक लाख सम्म रकम जम्मा गर्ने बचतकर्ताहरुको रकम फिर्ता दिने तयारी रहेको बताए ।

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थामा १ हजार १ सय ७३ जना बचतकर्ताहरुले रकम दाबी गरेका थिए । अहिले सम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा कोशी प्रदेशका थप दुई वटा सहकारीहरुले समस्याग्रस्त सहकारी घोषणाका लागि आग्रह गरेकोमा दाबी नपुगेको जानकारी दिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...