नेभिगेशन
समाज

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले २ सय ८७ जनाको बचत फिर्ता गर्दै

काठमाडौँ । कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका २० हजार रुपैया सम्म बचत गर्ने बचतकर्ताहरुको रकम फिर्ता गरिने भएको छ ।

कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिब १५ महिना गरेको छानबिन पछि २० हजार रुपैया सम्म रकम बचत गरेका २ सय ८७ जना बचतकर्ताहरुलाई करिब २८ लाख ५७ हजार रुपैया फिर्ता दिन लागिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशका सदस्य सचिव पदम बहादुर ठकुराठीले अम्बे कोशी बचत तथा सहकारी संस्थाले करिब २४ करोड ८८ लाख रुपैया बचत फिर्ता गर्नुपर्ने देखिएको जानकारी दिए।

Ncell
Extreme Energy

संस्थाको खातामा १ करोड ३८ लाख ४४ हजार रुपैया बैंकमा रहेको पाइएको र सोही रकमबाट बचत फिर्ता गर्न लागिएको उनले बताए। पत्रकार सम्मेलनमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरीले सहकारीका संचालकहरुको जग्गा र सम्पत्ति रोक्का गरिएको र चाडै नै एक लाख सम्म रकम जम्मा गर्ने बचतकर्ताहरुको रकम फिर्ता दिने तयारी रहेको बताए ।

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थामा १ हजार १ सय ७३ जना बचतकर्ताहरुले रकम दाबी गरेका थिए । अहिले सम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा कोशी प्रदेशका थप दुई वटा सहकारीहरुले समस्याग्रस्त सहकारी घोषणाका लागि आग्रह गरेकोमा दाबी नपुगेको जानकारी दिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।

भर्खरै