नेभिगेशन
समाज

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी मातातीर्थलाई

काठमाडौँ । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज सम्पन्न भएको प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १७ पदकसहित मातातीर्थ प्रथम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ सात स्वर्ण, आठ रजत र छ कास्य कास्यसहित द्वितीय र नं १ बराह बाहिनी मुख्यालय सुनसरी चार स्वर्ण, दुई रजतसहित तृतीय भएको छ । प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रथम हुन सफल टोलीका तर्फ प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापालाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरे।

Marvel
Extreme Energy

उनले सशस्त्र प्रहरी बल नेपालले आफ्नो मुख्य जिम्मेवारीका अतिरिक्त खेलकुद क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको बताउँदै यस्ता प्रतियोगिताले सङ्गठनभित्र लुकेका प्रतिभाहरूलाई पहिचान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल एपीएफ क्लबको आयोजनामा यही चैत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय गरी नौ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...