नेभिगेशन
समाज

मलामी बोकेको ट्याक्टरबाट खसेर झापामा एकजनाको मृत्यु

काठमाडौँ । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचाकल कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सन्तोष राईका अनुसार सोमबार दिउँसो २ बजे दनुवार ट्याक्टरबाट खसेका थिए । उनलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गामा लगिएको थियो ।

Ncell
Extreme Energy

त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारको क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।

भर्खरै