नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभाको अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान

काठमाडौँ । राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।

यही वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले ‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’सम्बन्धी विषयमा प्रवचन दिनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भ्रमणका दौरान उनले विभिन्न देशका संसद्का प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष दाहालले असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौ सम्मेलनमा पनि मन्तव्य दिने कार्यक्रम रहेको छ ।

Marvel
Extreme Energy

अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरु सहभागी हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डल यही अगामी वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...