नेभिगेशन
समाज

मिथिलामा आज सतुवाइन पर्व मनाइँदै

काठमाडौँ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ । चाडपर्वको धनी मानिएको मिथिला क्षेत्रमा पर्ने महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरीलगायतका प्रत्येक घरघरमा आज एकाबिहानै घरका सबै सदस्यले सबैभन्दा पहिले सातु खाएर सतुवाइन पर्व मनाइरहेका छन् ।

मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले बताए।
चना, मकै, जौ, भटमासलगायतका वस्तुहरुलाई भुटेर त्यसलाई फेरि पिँधेर पीठो तयार गरिन्छ भने सोही पीठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन सतुवाइन पर्व मनाउने चलन रहेको जलेश्वर नगरपालिका–१ स्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए।

Marvel
Extreme Energy

आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानु अघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वाद अनुसार नुनसँग पनि खाने चलन छ । सतुवाइन पर्व नेपालमा मात्रै नभएर भारतको मिथिलाञ्चल क्षेत्र मानिएका दरभङ्गा, मधुवनी, सीतामढी, सुपौल र शिवहर जिल्लामा पनि मनाइने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...