नेभिगेशन
सबै कुरा

मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इपिएस परीक्षाको विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएकाहरुले आगजनी गरेपछि उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ईपीएस परीक्षाको विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले एक मन्त्रीको गाडीमा आगजनी गरेका थिए । उनीहरुले ललितपुरको बालकुमारीमा बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

Ncell
Extreme Energy

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको उक्त गाडीबाट प्रदर्शनकारीले पीएसओलाई गाडीबाट बाहिर निकालेर आलो लगाइदिएका थिए । उक्त गाडी ग्वार्कोबाट बालकुमारीतर्फ जाँदै गरेको थियो । 

प्रदर्शनकारीले सडकमै आगजनी गरेर प्रदर्शन गरेपछि यतिबेला बालकुमारी क्षेत्र तनावग्रस्त छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।