नेभिगेशन
मुख्य समाचार

सर्वोच्चले दरपीठ आदेश सदर गरेसंगै महान्यायाधिवक्ता डा. कडेललाई काम गर्न मार्गप्रशस्त

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै पेस गरिएको रिटमा प्रशासनिक आदेशबाट भएको दरपीठको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले रिट दर्ता अस्वीकार गर्ने गरी रजिस्ट्रार भद्रकाली पोखरेलले यसअघि गरेको दरपीठ आदेश सदर गर्ने निर्णय गरेको हो । आजको दरपीठ आदेश सदरभएसंगै महान्यायाधिवक्ता कडेललाई काम गर्न मार्गप्रशस्त भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दरपीठ आदेशविरुद्ध अधिवक्ता माधव बस्नेतले गएको चैत ३० गते भिन्नै निवेदन दिएका थिए । बस्नेतले दरपीठ आदेशलाई ‘बेरित’को दाबी गर्दै बदर गर्न माग गरेका थिए ।  रजिस्ट्रार पोखरेलले जारी गरेको आदेशमा असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ताका लागि पेस हुन आएको निवेदन दर्ता गर्न नमिल्ने उल्लेख थियो ।

Ncell
Extreme Energy

संविधानतः सर्वोच्च अदालतका न्यायाधीशसरह रहने महान्यायाधिवक्ता पदका लागि कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने सर्त तोकिएको छ ।
अधिवक्ता बस्नेतले महान्यायाधिवक्ता डा. कंडेलको कानुन व्यवसायीका रूपमा निरन्तरताको योग्यता नपुग्ने दाबी गर्दै ‘अधिकारपृच्छा’ आदेशमार्फत पदमुक्त गर्न माग गरेका थिए । तर,आज पीठदर आदेश सदर भएसँगै महान्यायाधिवक्ताको योग्यता विवादको साम्य भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले शपथ लिएका छन् ।