नेभिगेशन
नेताका कुरा

एमालेका किरण थापा बागमतीको मुख्यमन्त्री नियुक्त

हेटौँडा ।  बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गरेका थिए। थापाले तीन दलका ६३ जना सांसदको समर्थनमा बुधबार दाबी पेस गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपाभित्र विवाद बढेको छ । राप्रपाले राप्रपा संसदीय दलका नेता उद्धव थापालाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ। पार्टीको केन्द्रीय निर्देशन विपरीत प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले थापालाई कारबाही गरेको हो ।

Ncell
Extreme Energy

राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाए पनि प्रदेश प्रमुखले पनि त्यसको बेवास्ता गर्दै थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापा बागमतीको सातौं मुख्यमन्त्री भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।
अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा कांग्रेसलाई विभाजन गर्ने प्रयास भइरहेको बताएका छन्।