नेभिगेशन
नेताका कुरा

बागमतीमा एमालेबाट २, नेकपाबाट १ र राप्रपाबाट ३ मन्त्री

हेटौँडा । बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले एमालेबाट २, एक र राप्रपाबाट ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरिसकेका छन् ।

आजै मुख्यमन्त्री नियुक्त भई शपथ लिएका थापामगरले एमालेबाट भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। दुई वटा मन्त्रालय पाएको नेकपाबाट अर्का एक मन्त्री नियुक्त हुन बाँकी छ ।

Ncell
Extreme Energy

सत्ता समीकरणका विवाद चुलिएको राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।
अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा कांग्रेसलाई विभाजन गर्ने प्रयास भइरहेको बताएका छन्।