नेभिगेशन
समाज

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरु जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका छन् । 

नन्दप्रसाद जानुका फाउण्डेशनले बिहीबार काठमाडौँमा आयोजना गरेको दोलखाका लोकनायकहरु पुस्तक बिमोचन कार्यक्रममा सभापति थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त १ मिनेटको शून्य समयमा बोल्दा समेत सांसदहरूले गम्भीर तयारी, सचेतता र पूर्ण जिम्मेवारीका साथ शब्द चयन गर्नुपर्ने उनको भनाइ छ । उनले विगतमा कांग्रेस–एमाले वा तत्कालीन नेकपासँग भएको दुई तिहाइको शक्ति जनताको असन्तुष्टिका कारण कसरी समाप्त भयो भन्ने इतिहासबाट पाठ सिक्नुपर्ने धारणा राखे । 

Ncell
Extreme Energy

साथै उनले नयाँ उदाएका राजनीतिक दलहरूले विगतका गल्तीहरू नदोहोर्याइ आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकले अब थप कुनै राजनीतिक दुस्साहस थेग्न नसक्ने भएकाले पाँच वर्षको कार्यकाललाई रचनात्मक र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।