नेभिगेशन
सबै कुरा

२ जनाको ज्यान गएको ‘बालकुमारी घटना’ कसरी सुरु भयो ?

कोरिया जाने भाषा परिक्षाका लागि फारम भर्न पाउनु पर्ने माग गर्दै आएका युवाहरुको आन्दोलन भड्कीदाँ २ जनाको ज्यान गएको छ ।  साथै भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा समेत आगजनी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इपिएस कार्यालयले यसअघि पानी जहाज बनाउने कामका लागि दिइएको भाषा परिक्षामा फेल भएकाहरुलाई अहिले उत्पादनमुलक क्षेत्रका लागि फारम भर्न दिएको थिएन । पानी जहाज बनाउन जाने भाषा परिक्षामा फेल भएका २८ हजार युवाहरुले फेरि उत्पादनमुलक क्षेत्रमा जान परिक्षा दिन पाउनु पर्ने माग गर्दै आएका छन् । 

Ncell
Extreme Energy


इपिएस कार्यालयको निर्णयका विरुद्द १८ जना उच्च अदालत पाटन पुगेका थिए । उनिहरुका हकमा अदालतले फारम भर्न दिनु भन्ने आदेश गरेको थियो । उच्च अदालत पाटनबाट आदेश ल्याएका १८ जनालाई मात्रै फारम भर्न दिएपछि अरु युवाहरु आक्रोशित भएका थिए । उनिहरुलाई नियन्त्रण गर्न खोज्दा मुठभेड भएको थियो । 

खासमा एक साता अघि १ लाख ४३ हजार युवाले उत्पादनमूलक क्षेत्रमा जानका लागि कोरियन भाषा परिक्षाको फारम भरेका थिए । त्यस भन्दा अघि पानि जहाज बनाउने काममा जानका लागि भाषा परीक्षा दिएका करिब २८ हजार युवाले भाषा परीक्षा पास गर्न सकेका थिएनन् । उक्त परीक्षामा फेल भएपछि अहिले फेरि उत्पादनमुलक क्षेत्रमा लैजान खोलिएको भाषा परीक्षामा उनीहरुलाई फारम भर्न दिइएको थिएन । 

तर १८ जना युवाहरु भने अदालत पुगेका थिए । उच्च अदालत पाटनले उनिहरुलाई फारम भर्न दिन आदेश गरेको थियो । सोहि अनुसार शुक्रबार १८ जना युवा फारम भर्न ईपिएस शाखाको कार्यालयमा पुगेका थिए । सँगै सिप बिल्डीङका लागि भएको भाषा परीक्षामा फेल भएकाहरु पनि कार्यालय पुगे । अदालत पुगेहरुले मात्रै फारम भर्न पाएपछि अन्य युवाहरु आन्दोलन गर्न थाले । आक्रमक युवाहरु इपिएस कार्यालय परिसरबाट बालकुमारी सडकमै निस्किएका थिए । सोही समयमा मन्त्री ज्वालाको गाडी आयो । 


युवाहरुले गाडी रोके, कोहीले टायरको हावा फाल्न लागे भने कोहीले आगो लगाए । त्यसपछि ग्वार्को क्षेत्र तनावग्रस्त बन्यो । प्रहरीले लाठी असुरग्याससँगै गोली चलायो । आन्दोलनमा आएका दर्जनाँै युवाहरु घाइते छन् भने त्यतीकै सख्ंयामा प्रहरी नियन्त्रणमा छन् । 

आन्दोलनमा सहभागी मध्ये दुई युवाले ज्यान गुमाएका छन् ।  ज्यान गुमाउनेमा २१ वर्षीय सुजन राउत र विरेन्द्र शाह रहेका छन् । आन्दोलन क्रममा ढलेका सुजनको शरिरमा रातो दाग देखिएको छ । किष्ट अस्पतालमा उपचनारका क्रममा उनको ज्यान गएको थियो भने विरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।