नेभिगेशन
सबै कुरा

२ जनाको ज्यान गएको ‘बालकुमारी घटना’ कसरी सुरु भयो ?

कोरिया जाने भाषा परिक्षाका लागि फारम भर्न पाउनु पर्ने माग गर्दै आएका युवाहरुको आन्दोलन भड्कीदाँ २ जनाको ज्यान गएको छ ।  साथै भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा समेत आगजनी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इपिएस कार्यालयले यसअघि पानी जहाज बनाउने कामका लागि दिइएको भाषा परिक्षामा फेल भएकाहरुलाई अहिले उत्पादनमुलक क्षेत्रका लागि फारम भर्न दिएको थिएन । पानी जहाज बनाउन जाने भाषा परिक्षामा फेल भएका २८ हजार युवाहरुले फेरि उत्पादनमुलक क्षेत्रमा जान परिक्षा दिन पाउनु पर्ने माग गर्दै आएका छन् । 

Ncell
Extreme Energy


इपिएस कार्यालयको निर्णयका विरुद्द १८ जना उच्च अदालत पाटन पुगेका थिए । उनिहरुका हकमा अदालतले फारम भर्न दिनु भन्ने आदेश गरेको थियो । उच्च अदालत पाटनबाट आदेश ल्याएका १८ जनालाई मात्रै फारम भर्न दिएपछि अरु युवाहरु आक्रोशित भएका थिए । उनिहरुलाई नियन्त्रण गर्न खोज्दा मुठभेड भएको थियो । 

खासमा एक साता अघि १ लाख ४३ हजार युवाले उत्पादनमूलक क्षेत्रमा जानका लागि कोरियन भाषा परिक्षाको फारम भरेका थिए । त्यस भन्दा अघि पानि जहाज बनाउने काममा जानका लागि भाषा परीक्षा दिएका करिब २८ हजार युवाले भाषा परीक्षा पास गर्न सकेका थिएनन् । उक्त परीक्षामा फेल भएपछि अहिले फेरि उत्पादनमुलक क्षेत्रमा लैजान खोलिएको भाषा परीक्षामा उनीहरुलाई फारम भर्न दिइएको थिएन । 

तर १८ जना युवाहरु भने अदालत पुगेका थिए । उच्च अदालत पाटनले उनिहरुलाई फारम भर्न दिन आदेश गरेको थियो । सोहि अनुसार शुक्रबार १८ जना युवा फारम भर्न ईपिएस शाखाको कार्यालयमा पुगेका थिए । सँगै सिप बिल्डीङका लागि भएको भाषा परीक्षामा फेल भएकाहरु पनि कार्यालय पुगे । अदालत पुगेहरुले मात्रै फारम भर्न पाएपछि अन्य युवाहरु आन्दोलन गर्न थाले । आक्रमक युवाहरु इपिएस कार्यालय परिसरबाट बालकुमारी सडकमै निस्किएका थिए । सोही समयमा मन्त्री ज्वालाको गाडी आयो । 


युवाहरुले गाडी रोके, कोहीले टायरको हावा फाल्न लागे भने कोहीले आगो लगाए । त्यसपछि ग्वार्को क्षेत्र तनावग्रस्त बन्यो । प्रहरीले लाठी असुरग्याससँगै गोली चलायो । आन्दोलनमा आएका दर्जनाँै युवाहरु घाइते छन् भने त्यतीकै सख्ंयामा प्रहरी नियन्त्रणमा छन् । 

आन्दोलनमा सहभागी मध्ये दुई युवाले ज्यान गुमाएका छन् ।  ज्यान गुमाउनेमा २१ वर्षीय सुजन राउत र विरेन्द्र शाह रहेका छन् । आन्दोलन क्रममा ढलेका सुजनको शरिरमा रातो दाग देखिएको छ । किष्ट अस्पतालमा उपचनारका क्रममा उनको ज्यान गएको थियो भने विरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...