नेभिगेशन
समाज

चौधरीको सहयोगपछि अस्पतालबाट मुक्त भए शिव सदा

उदयपुर ,४ वैशाख। आर्थिक अभावका कारण विराटनगरस्थित अस्पतालमा ‘बन्धक’ जस्तै अवस्थामा रहेका १९ वर्षीय शिव सदा अन्ततः घर फर्किन पाएका छन्। उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज हुन नसकेका उनलाई समाचार सार्वजनिक भएपछि  सहयोग जुटेपछि अस्पतालले डिस्चार्ज गरेको हो।


सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका शिवले चैत २७ गते विष सेवन गरेपछि गम्भीर अवस्थामा उपचारका लागि कटारी अस्पताल हुँदै विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा पुगेका थियो। आईसीयूमा राखेर उपचार गरिएका उनको उपचार र औषधि खर्च गरेर करिब १ लाख ३९ हजार रुपैयाँ पुगेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


तर विपन्न दलित सदाको परिवारले जम्मा २० हजार रुपैयाँ मात्रै जुटाउन सकेपछि बाँकी रकम तिर्न नसक्दा उनी र उनकी श्रीमती अस्पतालमै रोकिएका थिए। उपचार खर्च जुटाउन उनकी आमा मघिया सदाले १५ सयमा आफ्नो मोबाइल मोबाइल बन्धकी राखेकी थिइन्। छोरालाई पैसा बिना घर लान नदिएपछि मघिया पैदलै ऋण खोज्न घरतर्फ लागेकी थिइन्।

Ncell
Extreme Energy


यसैबीच, उक्त  घटनाबारे समाचार सार्वजनिक भएपछि सहयोगका हातहरू अघि बढे। सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरीले तत्काल १ लाख रुपैयाँ सहयोग गरेपछि अस्पतालले बाँकी रकममा छुट दिँदै शिवलाई डिस्चार्ज गरेको हो।


अस्पतालबाट निस्कँदै शिव र उनकी श्रीमती कृतिकाले सहयोगका लागि चौधरीलाई आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।