नेभिगेशन
समाज

सिभिल अस्पतालमा कर्मचारीले बेड नपाउने समस्या अन्त्य गर्न सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सिभिल अस्पतालका सेवा गुणस्तरीय र सहज बनाउन निर्देशन दिएकी छन् । कार्यकारी निर्देशक  प्रा. डा. मोहन चन्द्र रेग्मीलाई अस्पतालमा देखिएका समस्याको समाधान गरी निजामती कर्मचारीले सिभिल अस्पतालमा बेड तथा सेवा नपाई फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएकी हुन् । 

मन्त्री रावलले अस्पतालको सेवा सुधारको लागि विगतमा गरिएका अध्ययन प्रतिवेदन संकलन गरी एक महिनाभित्र, छ महिनाभित्र र एक वर्षभित्र कार्यान्वयन हुने गरी तीन चरणमा विभाजन गरेर सुधार योजना ल्याउन भनेकी छिन् । बिग्रिएका उपकरण तथा मेसिनहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन तथा अस्पतालमा चाप कम गर्नका लागि आवश्यक कदम चाल्न पनि उनले निर्देशन दिएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा मन्त्री रावलले निजामती अस्पताललाई निजामती कर्मचारीका लागि डेडिकेटेड अस्पतालका रूपमा विकास गर्ने सरकारको योजना रहेको उल्लेख गरिन् । 

Ncell
Extreme Energy

त्यस्तै सिभिल अस्पतालको सेवालाई विकेन्द्रीकरण गर्दै प्रारम्भिक चरणमा कम्तीमा तीन प्रदेशबाट यस्तो सेवा विस्तार गर्नुपर्नेमा उनको जोड थियो । 

उनले अस्पताललाई एकेडेमिक संस्थाका रूपमा विकास गर्ने तथा साइक्लोट्रोन परियोजना, क्यान्सर उपचार विस्तार र बोनम्यारो ट्रान्सप्लान्टलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउन पनि निर्देशन दिइन्।

अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन र पूर्वधार विस्तारका लागि सरकारका तर्फबाट गर्नुपर्ने कार्यमा आफू प्रतिवद्ध रहेको पनि बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।