नेभिगेशन
समाज

रास्वपाका सांसदहरु नै धर्ना बसेको सिन्धुलीको घटना के हो ?

सिन्धुली । प्रहरी हिरासतमै २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएपछि न्याय माग्दै सत्तारुढ रास्वपाका ६ सांसद र दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा धर्नामा बसेका छन् ।

सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक, आशिष गजुरेल प्रशासनअघि धर्नामा बसेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तरजातीय बिहेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई प्रहरीले हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन सीडीओ र एसपीले दबाब दिएको पीडितको आमालाई उद्धृत गर्दै सुनारले फेसबुकमा लेखेका छन् ।

Ncell
Extreme Energy

सीडीओ, एसपी र खुर्कोटका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने,संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

घटना के हो ? 

सिन्धुलीको सुनकोशी गाउँपालिका ३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्ण हिरासतमै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेका थिए।  उनलाई अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषणा गरिदिएका थिए । 

श्रीकृष्णलाई वैशाख ३ गते ललितपुर  प्रहरीले छलफलका लागि बोलाएर हिरासतमा राखेको थियो । प्रहरीले श्रीकृष्णका विरुद्ध १७ वर्षीया बालिका बलात्कारको कसुरमा मुद्धा दर्ता गरेको थियो । तर श्रीकृष्णका परिवारले भने ती बालिका र उनी प्रेम विवाह गरेको बताउँदै आएका छन् । 

ललितपुर प्रहरीमा दर्ता भएको जाहेरीमा घटनास्थल भने खुर्कोट भएकाले थप अनुसन्धानका लागि भन्दै श्रीकृष्णलाई ४ गते राति नै सिन्धुली पुर्याइएको थियो । 

४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीले  जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थुनामा राखेको थियो।

श्रीकृष्णको परिवारले भने प्रहरीले अन्तरजातीय विवाह गरकै कारण उनलाई बलात्कार मुद्धा लगाइएको र प्रहरी हिरासतमा नियोजित रूपमा कुटपिट गरेर मारेको आरोप लगाएका छन्। 


श्रीकृष्णसँगै ललितपुरमा बस्दै आएका उनका भाइ उमेशका अनुसार ड्राइभर पेसा गर्दै आएका श्रीकृष्ण र उनीहरुको डेरा नजिकै बस्ने खोटाङकी एक किशोरी दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरु गत चैत २८ गते दुबैको मञ्जुरीमा विवाह गरेको भन्दै सँगै डेरामा बस्न थालेका थिए । 

त्यसको दुई दिनपछि दुबै जना सिन्धुली घर गएका थिए । तर सिन्धुली पुगेपछि ललितपुरको सातदोबाटो प्रहरी वृत्तबाट केटीपक्षले कुरा गर्न खोजेको छ भनेर पटकपटक फोन आएपछि उनीहरू ३ गते फर्किएको उमेश बताउँछन् । 
उमेश र किशोरी साँझ ५ बजे प्रहरी कार्यालय पुगेपछि प्रहरीले सोधपुछ गरेको उमेश बताउँछन् ।  

उनका अनुसार प्रहरीले बालबिवाहको कसुरमा अनुसन्धान गर्ने तयारी गरेपछि किशोरीले आफू खुशीले विहे गरेको बताउँदै किशोर माथि कुनै मुद्दा मामिला नगर्न भनेकी थिइन् । पछि सुरुमा कानुनले तोकेको उमेर पूरा नभएकाले तत्काल लागि छुट्टै बस्ने र २ वर्षपछि विवाह गर्ने सहमती भएको थियो । 


तर पछि किशोरीका आफन्तको दबाबमा प्रहरीले श्रीकृष्णलाई आज छाड्न नमिल्ने, भोली आउनु  भन्दै राति ९ बजे आफू लगायत केटापक्षका आफन्तलाई घर फकाईदिएको उमेश बताउँछन् । भोलीपल्ट ९ बजे प्रहरीमा पुग्दा श्रीकृष्णलाई खुर्काेटमा मुद्धा परेकाले राति नै सिन्धुली पठाइएको प्रहरीले जानकारी गराएको उमेशको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...
आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

“साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात...