नेभिगेशन
समाज

रास्वपाका सांसदहरु नै धर्ना बसेको सिन्धुलीको घटना के हो ?

सिन्धुली । प्रहरी हिरासतमै २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएपछि न्याय माग्दै सत्तारुढ रास्वपाका ६ सांसद र दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा धर्नामा बसेका छन् ।

सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक, आशिष गजुरेल प्रशासनअघि धर्नामा बसेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तरजातीय बिहेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई प्रहरीले हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन सीडीओ र एसपीले दबाब दिएको पीडितको आमालाई उद्धृत गर्दै सुनारले फेसबुकमा लेखेका छन् ।

Ncell
Extreme Energy

सीडीओ, एसपी र खुर्कोटका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने,संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

घटना के हो ? 

सिन्धुलीको सुनकोशी गाउँपालिका ३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्ण हिरासतमै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेका थिए।  उनलाई अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषणा गरिदिएका थिए । 

श्रीकृष्णलाई वैशाख ३ गते ललितपुर  प्रहरीले छलफलका लागि बोलाएर हिरासतमा राखेको थियो । प्रहरीले श्रीकृष्णका विरुद्ध १७ वर्षीया बालिका बलात्कारको कसुरमा मुद्धा दर्ता गरेको थियो । तर श्रीकृष्णका परिवारले भने ती बालिका र उनी प्रेम विवाह गरेको बताउँदै आएका छन् । 

ललितपुर प्रहरीमा दर्ता भएको जाहेरीमा घटनास्थल भने खुर्कोट भएकाले थप अनुसन्धानका लागि भन्दै श्रीकृष्णलाई ४ गते राति नै सिन्धुली पुर्याइएको थियो । 

४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीले  जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थुनामा राखेको थियो।

श्रीकृष्णको परिवारले भने प्रहरीले अन्तरजातीय विवाह गरकै कारण उनलाई बलात्कार मुद्धा लगाइएको र प्रहरी हिरासतमा नियोजित रूपमा कुटपिट गरेर मारेको आरोप लगाएका छन्। 


श्रीकृष्णसँगै ललितपुरमा बस्दै आएका उनका भाइ उमेशका अनुसार ड्राइभर पेसा गर्दै आएका श्रीकृष्ण र उनीहरुको डेरा नजिकै बस्ने खोटाङकी एक किशोरी दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरु गत चैत २८ गते दुबैको मञ्जुरीमा विवाह गरेको भन्दै सँगै डेरामा बस्न थालेका थिए । 

त्यसको दुई दिनपछि दुबै जना सिन्धुली घर गएका थिए । तर सिन्धुली पुगेपछि ललितपुरको सातदोबाटो प्रहरी वृत्तबाट केटीपक्षले कुरा गर्न खोजेको छ भनेर पटकपटक फोन आएपछि उनीहरू ३ गते फर्किएको उमेश बताउँछन् । 
उमेश र किशोरी साँझ ५ बजे प्रहरी कार्यालय पुगेपछि प्रहरीले सोधपुछ गरेको उमेश बताउँछन् ।  

उनका अनुसार प्रहरीले बालबिवाहको कसुरमा अनुसन्धान गर्ने तयारी गरेपछि किशोरीले आफू खुशीले विहे गरेको बताउँदै किशोर माथि कुनै मुद्दा मामिला नगर्न भनेकी थिइन् । पछि सुरुमा कानुनले तोकेको उमेर पूरा नभएकाले तत्काल लागि छुट्टै बस्ने र २ वर्षपछि विवाह गर्ने सहमती भएको थियो । 


तर पछि किशोरीका आफन्तको दबाबमा प्रहरीले श्रीकृष्णलाई आज छाड्न नमिल्ने, भोली आउनु  भन्दै राति ९ बजे आफू लगायत केटापक्षका आफन्तलाई घर फकाईदिएको उमेश बताउँछन् । भोलीपल्ट ९ बजे प्रहरीमा पुग्दा श्रीकृष्णलाई खुर्काेटमा मुद्धा परेकाले राति नै सिन्धुली पठाइएको प्रहरीले जानकारी गराएको उमेशको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।