नेभिगेशन
समाज

गैरीगाउँको सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन सुरु

काठमाडौँ । सरकारले नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने कार्यलाई तिब्रता दिएको छ । बिहानैदेखि थापाथलीको बस्ती हटाइएको थियो । 

अहिले तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी हटाउन सुरु गरिएको छ । पहिलो चरणका काठमाडौंको थापाथली, गैरिगाँउ र मनोहरामा रहेको सुकुम्वासी बस्ती हटाउने बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा सो क्षेत्रमा रहेका घरटहरा हटाइका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका घरटहरा हटाइएको र अन्य स्थानमा पनि हटाउने क्रम जारी रहेको काठमाडौं प्रशासनले जनाएको छ । 

Marvel
Extreme Energy

सरकारले दुई दिन अघि देखि जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।

थापाथली क्षेत्रबाट घरवारबिहीनहरुलाई सरकारले नै आश्रयस्थलको व्यवस्था गरेको छ । बास्तविक सुकुमबासी पहिचान भएपछि उनीहरुलाई राज्यले नै आवश्यक व्यवस्था गर्ने बताइएको छ । सरकारले बस्ती हटाउने निर्णय गरेसंगै थापाथली, गैरिगाँउ र मनोहराका सुकुमबासी घरटहरा छाडेर निस्किएका छन् ।  

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...