नेभिगेशन
समाज

गैरीगाउँको सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन सुरु

काठमाडौँ । सरकारले नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने कार्यलाई तिब्रता दिएको छ । बिहानैदेखि थापाथलीको बस्ती हटाइएको थियो । 

अहिले तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी हटाउन सुरु गरिएको छ । पहिलो चरणका काठमाडौंको थापाथली, गैरिगाँउ र मनोहरामा रहेको सुकुम्वासी बस्ती हटाउने बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा सो क्षेत्रमा रहेका घरटहरा हटाइका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका घरटहरा हटाइएको र अन्य स्थानमा पनि हटाउने क्रम जारी रहेको काठमाडौं प्रशासनले जनाएको छ । 

Ncell
Extreme Energy

सरकारले दुई दिन अघि देखि जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।

थापाथली क्षेत्रबाट घरवारबिहीनहरुलाई सरकारले नै आश्रयस्थलको व्यवस्था गरेको छ । बास्तविक सुकुमबासी पहिचान भएपछि उनीहरुलाई राज्यले नै आवश्यक व्यवस्था गर्ने बताइएको छ । सरकारले बस्ती हटाउने निर्णय गरेसंगै थापाथली, गैरिगाँउ र मनोहराका सुकुमबासी घरटहरा छाडेर निस्किएका छन् ।  

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।