नेभिगेशन
समाज

गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो । 

उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरीगाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

Ncell
Extreme Energy

उनले भने, “गैरीगाउँमा भएका बस्ती हटाएर अब टोली सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउन खटिएको छ ।” हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूला अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ । महानगर प्रहरीका अनुसार गैरी गाउँमा कम्तीमा पनि एक सय घर टहरा भत्काइएको छ ।

SUKUMBASI-GAIRIGAAU-13-1777116971.jpg

SUKUMBASI-GAIRIGAAU-11-1777116966.jpg

SUKUMBASI-GAIRIGAAU-12-1777116966.jpg

SUKUMBASI-GAIRIGAAU-10-1777116960.jpg

SUKUMBASI-GAIRIGAAU-9-1777116960.jpg

SUKUMBASI-GAIRIGAAU-7-1777116953.jpg

SUKUMBASI-GAIRIGAAU-8-1777116953.jpg

SUKUMBASI-GAIRIGAAU-6-1777116947.jpg

SUKUMBASI-GAIRIGAAU-5-1777116947.jpg

SUKUMBASI-GAIRIGAAU-3-1777116944.jpg

SUKUMBASI-GAIRIGAAU-4-1777116944.jpg

SUKUMBASI-GAIRIGAAU-1-1777116943.jpg

SUKUMBASI-GAIRIGAAU-2-1777116943.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।