नेभिगेशन
समाज

रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा थापाथली र गैरीगाउँका २३ परिवारले टिपाए विवरण

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ परिवारको तथ्यांक संकलन गरिएको छ । उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका सुकुम्बासीहरूको विवरण संकलन गर्ने कार्य गरिरहेको छ । 

थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासीहरू होल्डिङ सेन्टरमा आउने क्रम अझै जारी रहेको छ । ​यसैगरी, होल्डिङ सेन्टरमा रहेकाहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थप उपचार आवश्यक परेमा काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित वडा नं.११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं.३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएका छन् । 

Marvel
Extreme Energy

ती केन्द्रहरूबाट सामान्य प्राथमिक उपचार सेवा प्रदान भइरहेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । 

सरकारले आज विहानैदेखि सुकुम्बासी बस्ती खाली गराउने कार्य सुरु गरेको थियो । थापाथलीको बस्ती खाली र गरेर डाजरहरु गैरीगाउँको बस्ती खाली गराउने पुगेको थियो । अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भट्टराईका अनुसार हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूला अवरोध वा झडपको अवस्था सिर्जना भएको छैन । 

महानगर प्रहरीका अनुसार गैरी गाउँमा कम्तीमा पनि एक सय घर टहरा भत्काइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...