नेभिगेशन
समाज

नदी किनाराका अवैध बस्ती खाली गराउने कार्य जारी, सुकुम्वासी परिवारलाई १५ दिनभित्र नागार्जुनको अपार्टमेन्टमा राखिने

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ ।
 
यसक्रममा आज काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको बस्ती खाली गरिएको छ । कामपा वडा नं ९ स्थित गैरीगाउँ–सिनामङ्गल र वडा नं ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ ।
 
काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा अवैध रुपमा निर्माण गरिएका बस्ती खाली गर्ने तयारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुम्वासी घरधुरी रहेका छन् ।
 
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैधरुपमा निर्माण गरिएको संरचना हटाएर ती क्षेत्र खाली गरेको हो । सुरक्षाकर्मीको टोलीले नै ती ठाउँमा बसोबास गर्दै आएका नागरिकका सरसामन हटाउन र अन्यत्र लैजान सहयोग गरेका थिए ।
 
थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा
        
थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउनेक्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
सम्पर्कमा आएका परिवारलाई दशरथ रङ्गशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौँका विभिन्न स्थानमा बसोबासको प्रबन्ध मिलाइएको छ । हाललाई घरायसी सामान सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यासमा सुरक्षितरुपमा राखिएको छ ।
 
अस्थायी स्थानमा राखिएका परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु हुनेछ । प्रमाणीकरणका क्रममा सुकुम्वासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं १ स्थित ‘अपार्टमेन्ट’मा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...