नेभिगेशन
समाज

भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । यो दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ आज पहिलोपटक मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२५ अप्रिलमा प्रत्येक वर्ष अप्रिल २९ लाई उक्त दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सोहीअनुरूप राष्ट्रसङ्घका  सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय तथा सम्बन्धित अन्तरराष्ट्रिय सङ्ठनहरूलाई यसको स्मरणमा सहकार्य गर्न आह्वान गरेको छ । प्राकृतिक विपत्तिमध्ये भूकम्पलाई सबैभन्दा घातक मानिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

म्यान्मा र अफगानिस्तानमा पछिल्लो समयका शक्तिशाली भूकम्पले पूर्वाधार ध्वस्त पार्नुका साथै समुदायलाई विस्थापित गरेको छ । यसबाट ती देशको दीर्घकालीन सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर पारेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९०० यता कम्तीमा १२ वटा ठूला भूकम्पले प्रत्येकमा ५० हजारभन्दा बढीको ज्यान लिएको छ ।

Marvel
Extreme Energy

विश्वव्यापी विपद् क्षतिमध्ये एक चौथाइभन्दा बढी हिस्सा भूकम्पजन्य क्षतिले ओगट्ने गरेको र पछिल्ला दशकहरूमा खर्बौँ डलर बराबरको आर्थिक नोक्सानी भएको छ । प्रत्यक्ष विनाशबाहेक भूकम्पले आगलागी, सुनामी र पहिरो जस्ता थप जोखिमसमेत उत्पन्न गराई आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा अकल्पनीय क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...