नेभिगेशन
समाज

बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधि राम र राजेन्द्रलाई

काठमाडौँ । कञ्चनपुरमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधी राम जोहरा र राजेन्द्र बमको जोडीले जितेको छ ।

महेन्द्रनगरस्थित कभर्डहलमा आइतबार सम्पन्न फाइनल खेलमा राम र राजेन्द्रको जोडीले भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै रु ४४ हजार ४४४ नगद, ट्रफीसहित उपाधि जितेको हो । उपविजेता बनेको भोजराज र गणेशको जोडीले रु २२ हजार २२२ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतियोगितामा तेस्रो भएको कमलसिंह भाट र विवेक ऐरको जोडी तथा जीवन खड्का र अमित शाहको जोडीलाई रु ११ हजार १११, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । त्यसैगरी प्रतियोगितामा भेट्रानतर्फ भोजराज भट्ट र वीरेन्द्रसिंह विष्टको जोडीले उपाधी जित्यो । आइतबार भएको फाइनल खेलमा सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै भट्ट र विष्टको जोडीले रु १५ हजार ५५५, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।

Ncell
Extreme Energy

उपविजेता बनेको कार्की र श्रेष्ठको जोडीलाई रु ७ हजार ५५५, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा तेस्रो हुने प्रेम चन्द र पदम ठकुराठी तथा सुरेन्द्रप्रसाद भट्ट र ईश्वरीदत्त भट्टको जोडीलाई रु ५ हजार ५५५, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताको समापन समारोहमा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहराले विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरे । पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगितामा ‘बी’ लेभलतर्फ ४८ तथा भेट्रानतर्फ ३२ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक शेरबवहादुर सिंहले जानकारी दिए । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...