नेभिगेशन
सबै कुरा

बालकुमारी घटना : सरकारसँग ४ बुँदे सहमतिपछि मृतकको शव उठाउने तयारीमा आफन्त

काठमाडाैँ : शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको दमनका कारण मृत्यु भएका युवाका आफन्त र सरकारबिच चारबुँदे सहमति भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनका क्रममा मृत्यु भएका युवा र सरकारबिच आइतबार ४ बुँदे सहमति भएसँगै उनीहरुले शव बुझ्न तयार भएका हुन् । 

Ncell
Extreme Energy

मृतकका आफन्तलाई रोजगारीका लागि अनुरोध गर्ने, शहीद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त राहत उपलब्ध गराउने र शव सम्बन्धित जिल्लामा सरकारले पुर्‍याउने परिवार र सरकारबिच सहमति भएको हो  ।  

सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारी र मृतकका आफन्तका तर्फबाट वीरेन्द्रका बाबु टेकबहादुर शाह तथा रावतका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका हुन् ।

बालकुमारीको प्रदर्शनमा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाह मारिएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...