नेभिगेशन
सबै कुरा

कार्यपालिकाको निर्णय प्रमाणीकरणमा गडबढी गरेको आरोपमा महानगरका तीन कर्मचारी निलम्बित

काठमाडौँ महानगरपालिका कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपमा महानगरका तीन कर्मचारी निलम्बनमा परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । उनीहरुले महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा फरक ब्यहोरा लेखिएको आरोप छ । 

Ncell
Extreme Energy

उनीहरुले कार्यपालिकाले वडा नं १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेपनि निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको आरोप छ ।

वडा नं १९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले समेत उक्त गल्ती भएको बताएका छन् । आफूहरुले प्रस्ताव र निर्णय गर्दा ५ जनालाई निरन्तरता दिने निर्णय गरेको तर प्रमाणीकरण गर्ने क्रममा ६ जनालाई निरन्तरता देखिएको उनले बताए । 

यस विषयमा महानगरका प्रमुख बालेन शाहले छानबिन अघि बढाएका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई समेत बिदामा बस्न निर्देशन दिएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान...
सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको...