नेभिगेशन
सबै कुरा

कार्यपालिकाको निर्णय प्रमाणीकरणमा गडबढी गरेको आरोपमा महानगरका तीन कर्मचारी निलम्बित

काठमाडौँ महानगरपालिका कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपमा महानगरका तीन कर्मचारी निलम्बनमा परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । उनीहरुले महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा फरक ब्यहोरा लेखिएको आरोप छ । 

Ncell
Extreme Energy

उनीहरुले कार्यपालिकाले वडा नं १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेपनि निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको आरोप छ ।

वडा नं १९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले समेत उक्त गल्ती भएको बताएका छन् । आफूहरुले प्रस्ताव र निर्णय गर्दा ५ जनालाई निरन्तरता दिने निर्णय गरेको तर प्रमाणीकरण गर्ने क्रममा ६ जनालाई निरन्तरता देखिएको उनले बताए । 

यस विषयमा महानगरका प्रमुख बालेन शाहले छानबिन अघि बढाएका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई समेत बिदामा बस्न निर्देशन दिएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।